क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ जेठ, २०८३
१८ घण्टाअघि

बुटवल । क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन्।संघको सोमबार राति सम्पन्न पाँचौं अधिवेशनबाट थापाले ६९ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी शक्ति गौचनले ४९ मत प्राप्त गरेका थिए।

भैरहवाका व्यवसायी तथा होटल र कलेज सञ्चालक समेत रहेका थापाले चार वर्षअघि भएको निर्वाचनमा पनि शक्ति गौचनलाई पराजित गरेका थिए।

निर्वाचनमा थापा र गौचन पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। पदाधिकारीसहित अधिकांश सदस्य पदमा थापा प्यानलका उम्मेदवार विजयी भएका छन्।

उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन्।

निर्वाचन प्रमुख कूलमणि ज्ञवालीका अनुसार महिला सदस्यमा उमा अधिकारी निर्वाचित भएकी छन्। अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापाताराप्रसाद पाठक निर्वाचित भएका छन्।

निर्वाचित महिला सदस्य उमा अधिकारी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख समेत हुन्।

प्रकाशित समय: मङ्गलबार २६ जेठ, २०८३, ०९:०३:२२
दरबार हत्याकाण्डको अनुसन्धान फेरि अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
मङ्गलबार २६ जेठ, २०८३
२५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध
मङ्गलबार २६ जेठ, २०८३
प्रतिनिधिसभा बैठक स्थगित
मङ्गलबार २६ जेठ, २०८३
सांसद् खुस्बु ओलीद्वारा अर्थमन्त्रीको राजीनामा माग
मङ्गलबार २६ जेठ, २०८३
विज्ञान, प्रविधि मन्त्रीमा महावीर पुनको नाम सिफारिस
मङ्गलबार २६ जेठ, २०८३
विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फर्काइयो
मङ्गलबार २६ जेठ, २०८३
क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित
मङ्गलबार २६ जेठ, २०८३
भ्रष्टाचार मुद्दापछि वीरगन्जका मेयर राजेशमान सिंह निलम्बित
सोमबार २५ जेठ, २०८३
६२ जिल्लामा ‘सरकारी कुरियर’ सेवा विस्तार
सोमबार २५ जेठ, २०८३
‘प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन’
सोमबार २५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०