वर्ष २०८२ मा नेपाली खेल : क्रिकेटले खुसी र फुटबलले निराश बनाएको वर्ष

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ ब‌ैशाख, २०८३
२ महिनाअघि

विराटनगर । पछिल्ला १२ महिनाको अवधि खोतल्दा नेपाली क्रिकेटमा रचिएका सफलताको कथा अगाडि आउँछ । लगातार दोस्रो र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेलेको नेपालले वाहवाही बटुल्यो ।

सो विश्वकपको पहिलो खेलमै नेपाली क्रिकेट टिम र समर्थकले क्रिकेटको जननी इङ्ग्ल्यान्डविरुद्धको खेलमा इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव गरे ।

नेपाल दुई पटकको विजेता तथा प्रमुख उपाधि दाबेदार इङ्ग्ल्यान्डसँग चार रनले स्तब्ध भयो । नेपाललाई इङ्ग्ल्यान्डविरुद्धको खेलमा इतिहास बनाउन मात्र एक ठुलो हिटको आवश्यकता थियो ।

त्यसपछि नवप्रवेशी इटाली र वेस्ट इन्डिजसँग हारे पनि नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई हराएर विश्वकपको यात्राको अन्त्य सुखद रूपमा गर्‍यो । नेपालले विश्वकपमा १२ वर्षपछि जित प्राप्त गरेको हो ।

सोही वर्ष नेपालको टेस्ट मान्यताप्राप्त टिमसँग क्रिकेट शृङ्खला खेल्ने सपना पनि साकार भयो । नेपालले वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० शृङ्खला २–१ ले जितेर इतिहास नै बनायो । सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने टिमविरुद्ध नेपालले शृङ्खला जित्छ भन्ने कमै थिए ।

आइसिसी विश्वकप लिग–२ का लागि स्कटल्यान्ड पुगेको नेपालले युरोपेली भूमिमा हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्‍यो । नेदरल्यान्ड्स पनि सम्मिलित सो शृङ्खलामा नेपालले अनपेक्षित रूपमा चारमध्ये तीन खेल जित्यो ।

सो शृङ्खलामा स्कटल्यान्डविरुद्धको खेलमा ३२१ रन बनाएर नेपाल अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सर्वाधिक स्कोर बनाउन सफल भएको थियो ।

त्यसपछि भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल उपविजेता बन्यो । यस शृङ्खलामा नेपाल र नेदरल्यान्ड्सले जितको छिनाफानो गर्न तीन सुपर ओभर खेलेका थिए । जुन तीन सुपर ओभर भएको अन्तर्राष्ट्रिय क्रिकेटकै पहिलो खेल भएको छ ।

नेपाल आइसिसी विश्वकप टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल अपराजित बनेर च्याम्पियन बन्यो । नौ राष्ट्र सहभागी प्रतियोगिताबाट नेपाल दुई खेलअघि नै विश्वकप टी–२० का लागि चयन भएको थियो ।

नेपाल विश्वकप छनोट प्रतियोगिता नै जितेर विश्वकप टी–२० मा पुगेको यो पहिलो पटक हो । यसै गरी नेपालको युवा टिम यु–१९ विश्वकपको एसिया छनोटमा अन्तिम बाधा पार गर्न नसक्दा नजिक पुगेर पनि विश्वकपबाट टाढियो ।

नेपाल क्रिकेट लिग (एनपिएल) को दोस्रो संस्करणले पनि विश्वमा चर्चा पायो । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स नाटकीय यात्रासहित च्याम्पियन बन्यो ।

महिला क्रिकेटमा नेपालले थाइल्यान्डमा भएको महिला विश्वकपको एसिया छनोटको शीर्ष दुईमा स्थान बनाएर विश्वकपको ग्लोबल छनोटमा स्थान बनायो । नेपालमा भएको ग्लोबल छनोटमा भने नेपालले एक खेल मात्र जित्न सक्यो ।

थाइल्यान्डमा भएको महिला एसिया कप राइजिङ स्टारमा नेपाल तिनै खेलमा पराजित भयो । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमले चुपचाप, होहल्लाबिना विश्वकप दृष्टिविहीन टी–२० क्रिकेटमा उपविजेता बनेर क्रिकेटकै सबभन्दा ठुलो गौरव हासिल गर्‍यो ।

नेपाली क्रिकेटलाई विश्वमा चिनाउनेमा अब नेपालको दृष्टिविहीन महिला क्रिकेट टिम पनि जोडिएको छ ।

नेपाली फुटबलका लागि भने २०८२ साल बिर्सनलायक रह्यो । नेपालले मैदानमा एक अन्तर्राष्ट्रिय खेल पनि जित्न सकेन ।

घरेलु फुटबलको सर्वोच्च प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेन । जसले खेलाडी तथा क्लबहरू आन्दोलनमा उत्रे । विदेशी खेलाडीको श्रम स्वीकृति विवादले पुरुष र महिला राष्ट्रिय लिग बिचमै रोकिए ।

उमेर समूहमा नेपालको प्रदर्शन ठिकठाक मात्र रहयो । भारतमा भएको यु–१९ र माल्दिभ्समा भएको यु–२० दुवै प्रतियोगितामा नेपाल सेमिफाइनलबाट बाहिरियो । श्रीलंकामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा पनि नेपालले सेमिफाइनलसम्मको यात्रा तय गर्‍ यो ।

म्यानमारमा भएको एएफसी यु–१७ एसियन कप छनोटमा भने नेपाल जितविहीन बन्यो । यसै गरी सो वर्ष फ्रेन्चाइ लिग एनएसएलको अवसरमा ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसले नेपाल भ्रमण गर्नुभएको थियो ।

नेपाली महिला फुटबल टिमले उज्बेकिस्तानमा भएको एएफसी एसियन कप छनोटमा सानदार प्रदर्शन गर्‍यो । उज्बेकिस्तानसँग अन्तिम खेलमा पेनाल्टी सुटआउटमा ४–२ ले निराश भएप्छि मात्र नेपाल एसियन कपमा चयन हुनबाट वञ्चित भएको थियो ।

यद्यपि नेपाली महिला टिमलाई सो गौरवशाली यात्रा गराएका बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले एन्फाको व्यवस्थापनलाई दोष दिँदै राजीनामा दिएर उतैबाट घर फर्कनु दुःखद पक्ष रह्यो ।

सोही वर्ष नेपालको एपिएफ भारतको इस्ट बंगालसँग घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा ३–० ले हारेपछि साफ महिला क्लब च्याम्पियनसिपको पहिलो च्याम्पियन हुने गौरवबाट वञ्चित भयो ।

यसै गरी साफ यु–२० महिला च्याम्पियन्सिपको फाइनलमा पनि नेपाल फाइनलमा घरेलु टिम बंगलादेशसँग निराश बन्यो । यद्यपि सो प्रतियोगितामा नेपालकी पूर्णिमा राई सर्वाधिक १० गोलसहित सर्वाधिक गोलकर्ता बनिन् ।

प्रकाशित समय: मङ्गलबार १ ब‌ैशाख, २०८३, ११:५६:२०

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
२२ घण्टाअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
१ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
३ दिनअघि
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा
आईतबार ३१ जेठ, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०