युनाइटेड अरब इमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ७ जना नेपाली पक्राउ परेका छन्।
इरानद्वारा गरिएको मिसाइल तथा ड्रोन आक्रमणपछि खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पक्राउको पुष्टि गर्दै त्यस्ता गतिविधि नगर्न नेपालीहरूलाई आग्रह गरेका छन्।
यूएई सरकारले यस्ता सामग्री पोस्ट गर्न प्रतिबन्ध लगाइसकेको छ। नियम उल्लंघन गरेर दोषी ठहरिएमा एक वर्षसम्म कैद र १ लाख दिरामसम्म जरिबानाको व्यवस्था रहेको छ ।