विराटनगर । मध्यपूर्वी देशहरू इरान र इजरायलबीचको तनावका कारण आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । सिरिज कीर्तिपुरस्थित त्रिवि मैदानमा फागुन २६ देखि चैत ६ गते हुने सिरिजका लागि युएई र ओमानको टोली नेपाल आउने थियो ।
तर, मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै ती खेलहरू थप सूचना नआएसम्मका लागि स्थगित गरिएको जनाउँदै क्यानले आगामी दिनमा थप परामर्शपछि नयाँ मिति घोषणा गरिनेछ जनाएको छ । खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण युएई र ओमानका टोली नेपाल आउनका लागि समस्या भएपछि सिरिज स्थगित भएको हो ।