राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा प्रस्थान

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० माघ, २०८२
३ महिनाअघि

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी तथा नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी तथा राष्ट्रपति कार्यालयका पदाधिकारीहरू सहभागी छन्। राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेल आजै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ।

माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुहुनेछ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि भेटवार्ता हुने कार्यतालिका तय भएको छ।

यसैगरी भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेटवार्ता, जापानी व्यावसायिक समुदायसँगको बैठक तथा जापानस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा राष्ट्रपति पौडेलको सहभागिता रहनेछ।

नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको मानिन्छ। सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भएको हो। नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका थिए। ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावास पनि सञ्चालनमा छ।

जापानी बौद्ध भिक्षु रेभ एकाइ कावागुची सन् १८९९ मा तिब्बतको बाटो हुँदै नेपाल आएका थिए। उनले आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानमा नेपाल र लुम्बिनीको महत्व परिचित गराएको इतिहासकारहरू बताउँछन्।

जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्दै आएको छ। जापानले अनुदान, सहुलियतपूर्ण ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगमार्फत विद्युत् उत्पादन, सडक, पुल, खानेपानी, दूरसञ्चारलगायत आधारभूत पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै आएको छ।

सिन्धुली सडक, कुलेखानी जलविद्युत् आयोजना, कालीगण्डकी ‘ए’, उदयपुर सिमेन्ट उद्योग, मेलम्ची खानेपानी आयोजना, नागढुङ्गा सुरुङ मार्गलगायत परियोजनाहरू जापानी सहयोगका प्रमुख उदाहरण हुन्।

प्रकाशित समय: सोमबार २० माघ, २०८२, ०७:३८:५३

सम्बन्धित खबर

संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो

शुक्रबार १८ ब‌ैशाख, २०८३
१४ घण्टाअघि

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता

शुक्रबार १८ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

बिहिबार १७ ब‌ैशाख, २०८३
२ दिनअघि

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
२ दिनअघि

अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै

बिहिबार १७ ब‌ैशाख, २०८३
२ दिनअघि
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०