विराटनगर – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा मतदान सकिएको छ। आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
प्रदेश सांसदतर्फ ८७ जनाले मतदान गरेका छन् भने स्थानीय तहबाट प्रमुख तथा उपप्रमुख गरी २५८ जनाले मत खसालेका छन्। निर्वाचन कार्यालयका अनुसार प्रदेशतर्फ ५ जना र पालिकातर्फ ९ जना मतदाताले मतदानमा सहभागी भएनन्।
राष्ट्रिय सभा निर्वाचन कार्यालयका अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार कोशी प्रदेशमा कुल ९२ जना प्रदेश सांसद र २६७ जना स्थानीय तहका प्रतिनिधि मतदाता रहेका छन्।