एभरेस्टमा धुमधामका साथ मनाइयो सरस्वती पूजा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १० माघ, २०८२
५ महिनाअघि

कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा रहेको एभरेस्ट सेकेन्डरी स्कुलले धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ ।

विराटनगर महानगरपालिका– ५ मा अवस्थित एभरेस्ट स्कुलका मोन्टेसरी, सेकेन्डरी र कलेजका ब्लक परिसरमा छुट्टाछुट्टै मूर्ति स्थापना गरी वैदिक विधिद्वारा सरस्वतीको पूजा गरिएको हो । हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पत्ति रहेको भन्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादात्री सरस्वतीको पूजा आराधना गर्दा विद्यार्थीहरूमा पनि छुट्टै ऊर्जा मिल्ने बताए ।

यस्ता पर्वहरूले धैर्यता, एकाग्रता र ऊर्जा समेत प्रदान गर्ने भन्दै उनले विद्यालयमा हरेक दिन सरस्वती वन्दना समेत गराउँदै आएको स्मरण गरे । बिहानै विद्यालय पुगेका विद्यार्थीहरूले पण्डितजीले वाचन गरेका सरस्वती स्तोत्रमा प्रार्थना गर्दै पूजा गरेका छन् ।

सरस्वती पूजाका लागि विद्यार्थीसहित अभिभावकहरूको समेत सहभागिता थियो भने शिक्षक कर्मचारीहरूको समेत उपस्थिति थियो । विद्यालयका प्राचार्य पुरी र अध्यक्ष विनोद ढकालले मोन्टेसरी ब्लकमा पूजा गरेपछि आरम्भ भएको सरस्वती पूजा माध्यमिक तह र कलेज परिसरमा भने विद्यार्थीहरूले आफैं पूजा गरेका थिए ।

प्रकाशित समय: शुक्रबार १० माघ, २०८२, १८:५१:०५

सम्बन्धित खबर

मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने
शुक्रबार २९ जेठ, २०८३
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक
शुक्रबार २९ जेठ, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार २९ जेठ, २०८३
बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति
शुक्रबार २९ जेठ, २०८३
महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न
शुक्रबार २९ जेठ, २०८३
विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक
शुक्रबार २९ जेठ, २०८३
अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग
बिहिबार २८ जेठ, २०८३
सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना
बिहिबार २८ जेठ, २०८३
भन्सार छलेर ल्याइएका १४ थान आइफोन बरामद
बिहिबार २८ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ५ हजार १ सय रुपैयाँले घट्यो
बिहिबार २८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०