किरण र आयुष लिग खेल्न बंगलादेश पुगे

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ साउन, २०८२
११ महिनाअघि

विराटनगर । बंगलादेश प्रिमियर लिग खेल्नका लागि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलान ढाका पुगेका छन् ।

३५ वर्षीय किरण र २१ वर्षीय आयुष मंगलबार ढाका पुगेका हुन् । यी दुबैलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो ।

Advertisement

किरण लामो समयदेखि क्लबविहीन थिए । उनको यो चौथो विदेशी क्लब हो ।

यसअघि उनले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, भारतको मिनर्भा पञ्जाब र माल्दिभ्सको माजिया क्लबबाट खेलिसकेका छन् ।

सन् २००७ देखि उनी नेपाली राष्ट्रिय टोलीको पोस्ट सम्हालिरहेका छन्। अब उनले आफ्नै टोलीका विंगर आयुष घलानसँगै लिग खेल्ने छ ।

उनलाई यसअघि नै पुलिसले भित्र्याइसकेको छ।

आयुषको यो पहिलो विदेशी क्लब हो । यसअघि उनले ए डिभिजन लिग क्लब थ्री स्टार, संकटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलिसकेका छन् ।

यस्तै, नेपाल सुपर लिग क्लब पोखरा थन्डर्सबाट पनि खेलेका छन् ।

बंगलादेश प्रिमियर लिग आगामी १९ सेप्टेम्बरदेखि सुरु हुँदै छ । लिगमा पुलिससहित १० टोली सहभागी हुनेछन् । पुलिसले सातौं स्थानमा रहेर गत सिजन सकेको थियो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक नकआउट चरणमा

शुक्रबार १२ असार, २०८३
१८ घण्टाअघि

घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू

बुधबार १० असार, २०८३
३ दिनअघि

उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड

बुधबार १० असार, २०८३
३ दिनअघि

विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका

मङ्गलबार ९ असार, २०८३
४ दिनअघि

मेस्सीको कीर्तिमानी दुई गोल, अर्जेन्टिना नकआउट चरणमा

मङ्गलबार ९ असार, २०८३
४ दिनअघि

विश्वकपमा आज पाँच खेल : जापान, स्पेन, बेल्जियम, उरुग्वे र इजिप्ट प्रतिस्पर्धामा

आईतबार ७ असार, २०८३
६ दिनअघि
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम
शुक्रबार १२ असार, २०८३
जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक नकआउट चरणमा
शुक्रबार १२ असार, २०८३
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०