सरकारले थाल्यो टेलिग्राम बन्द गर्ने तयारी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३ साउन, २०८२
१ वर्षअघि

काठमाडौं । ठगी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले मेसेजिङ एप टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको हो ।

सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट देशलाई निकाल्ने नाममा सरकारले टेलिग्राम बन्द गराउने रणनीति अघि बढाएको हो ।

समितिले सूचना तथा सञ्चार मन्त्रालयलाई बिहीबार पत्र पठाउँदै एपमाथि आवश्यक कदम चाल्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।

टेलिग्राममार्फत् ठगी, लागूऔषध कारोबार, हुन्डी र अन्य आपराधिक गतिविधि तीव्र रूपमा भइरहेको समितिको निष्कर्ष छ ।

साथै नेपालमा एपको सम्पर्क व्यक्ति पनि नभएका कारण यो एप बन्द गरिनुपर्ने समितिको सुझाव छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधि भएको आशंकामा सरकार टेलिग्राम प्रति निर्मम देखिएको हो ।

आगामी सोमबारसम्ममा सरकार जसरी पनि टेलिग्राम बन्द गर्ने नियत लिएर अघि बढेको छ ।

‘नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे-लिस्टमा परेको छ। त्यसबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री केपी शर्मा ओलीबाटै कडा निर्देशन र दबाब छ ।

टेलिग्रामलाई यही निहुँमा बन्द गर्दा सम्पत्ति शुद्धीकरणमा नेपाल कठोर छ भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा पनि जान्छ र यसमा काम गरेको देखिने भएकाले सरकार आक्रामक बनेको हो,’ स्रोतले भन्यो।

सञ्चार मन्त्रालयले टेलिग्रामको कुनै आधिकारिक प्रतिनिधिसँग अझैसम्म यस विषयमा कुराकानी गर्न सकेको छैन ।

मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले आफूहरुले टेलिग्रामका प्रतिनिधिसँग छलफल गर्न चाहे पनि कुनै सम्पर्क व्यक्ति वा आधिकारिक माध्यम फेला पार्न नसकेको जानकारी दिए ।

टेलिग्राम सञ्चार मन्त्रालयमा सूचीकरणसमेत भएको छैन। नेपालको कानुनविपरीत काम गरेको फेला परे कारवाही गरिने उनले बताए ।

सञ्चार मन्त्रालय बिहीबारबाटै टेलिग्रामविरुद्ध प्रमाण जुटाउन लागिपरिसकेको छ । टेलिग्राम संलग्न हुन सक्ने सम्भावित कडी मन्त्रालयले खोजिरहेको छ ।

‘सम्पत्ति शुद्धीकरण आकर्षित हुने हुण्डी, सट्टेबाजी, अवैध धनको कारोबारीहरु टेलिग्राममा सक्रिय भेटेका छौं । केही प्रमाण भेटेकाले सञ्चार मन्त्रालयालाई कारवाही अघि बढाउन पत्राचार गरेका हौं । यी प्रमाण उहाँहरूलाई बुझाउँछौं । टेलिग्राम हाम्रो टार्गेटमा परिसक्यो,´ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

नेपालमा पनि २०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा टेलिग्राम जोडिएको थियो ।

त्यसबेला ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको खुलेको थियो ।

लागूऔषध कारोबारमा समेत यसको प्रयोग हुने गरेको आशंका छ ।

प्रकाशित समय: शुक्रबार ३ साउन, २०८२, ०७:१७:०१
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०