पानी नपर्दा धान रोपाइँ प्रभावित, कोशी प्रदेशमा ४१ प्रतिशत क्षेत्रफलमा रोपाइँ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० असार, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा न्यून वर्षाका कारण गत वर्षको यसै अवधिको तुलनामा कोशीमा असार २८ गते शनिबारसम्म ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

कोशी प्रदेशमा गत वर्षभन्दा २० प्रतिशतले कम हो । गत वर्ष यसै अवधिमा यहाँका ६१ प्रतिशत खेतमा रोपाइँ भइसकेको थियो ।

न्यून वर्षा हुँदा रोपाइँ गर्न नपाएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । असार २२ गतेसम्म २९.५४ प्रतिशत रोपाइँ भएको कोशीमा २८ गतेसम्म जम्मा ४१ प्रतिशत मात्र रोपाइँ भएको छ ।

अर्थात् एक साताको अवधिमा ११.५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ जबकि गत वर्ष असार अन्तिम साता २७ प्रतिशत रोपाइँ भएको थियो ।

कोशी प्रदेशको उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुममा असार अन्तिम सातासम्म ३९.७१ प्रतिशत र मध्य पहाडका आठ जिल्लामा ५१.२७ प्रतिशत रोपाइँ भएको छ ।

सबैभन्दा कम रोपाइँ झापा, मोरङ र सुनसरीमा भएको छ । यी तीन जिल्लामा जम्मा ७३ हजार ३८१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ जबकि यी तीन जिल्लामा एक लाख ९३ हजार २८५ हेक्टर जमिनमा धान खेती गर्ने गरिएको छ ।

जेठ दोस्रो र तेस्रो साता राम्रो वर्षा भएपछि किसानले राखेको धानको बिउ ब्याडमै हुर्किइसकेको छ तर समयमा रोपाइँ गर्न नपाउँदा धानको बिउ खेतमै सुक्ने चिन्ताले किसानलाई पिरोलेको छ ।

बिउ राखेको २२ दिनपछि रोपाइँ गर्दा उत्पादन राम्रो हुने मान्यता छ तर महिना दिनभन्दा बढी समय छिप्पिएको बिउ रोप्नुपर्ने बाध्यता आइपरेको छ ।

कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार, प्रदेशभर यस वर्ष प्रदेशको कुल तीन लाख २३ हजार ९७९ हेक्टर धान रोप्ने क्षेत्रमध्ये यस वर्ष एक लाख ३४ हजार ४५४ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

गत वर्षको यसै अवधिमा एक लाख ९८ हजार ८१८ हेक्टरमा रोपाइँ भइसकेको थियो । यसरी एक लाख ८९ हजार ५२५ हेक्टर क्षेत्रफल अझै बाँझो रहेको छ ।

उच्च पहाडी जिल्ला सोलुखुम्बुमा सबैभन्दा कम २३ प्रतिशत, ओखलढुङ्गामा ३४ प्रतिशत र खोटाङमा २८ प्रतिशत मात्र रोपाइँ भएको छ ।

विगतका वर्षमा असार अन्तिमसम्म पहाडी क्षेत्रमा झन्डै ७५ प्रतिशत रोपाइँ भइसक्थ्यो तर यस पटक पहाडी क्षेत्रमा पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन सकेको छैन ।

तराईका जिल्लामा पनि न्यून मात्र रोपाइँ भएको छ । सुनसरीमा ६१ प्रतिशत, मोरङमा ३७ प्रतिशत र झापामा ४३ प्रतिशत रोपाइँ भएको छ ।

सुनसरीमा गत वर्षको तुलनामा २१ हजार ३९८ हेक्टर कम रोपाइँ भएको छ । मोरङमा ३७ हजार ३८६ हेक्टर र उदयपुरमा सात हजार २९९ हेक्टर क्षेत्रफल रोपाइँ हुन बाँकी छ ।

उदयपुरमा १४ हजार ३८३ हेक्टरमध्ये मात्र सात हजार ८४ हेक्टरमा रोपाइँ भएको छ भने सुनसरीमा ५५ हजार २९७ हेक्टरमध्ये ३३,८९९ हेक्टरमा रोपाइँ भएको छ ।

यी दुवै जिल्लामा २१ हजार ३९८ हेक्टर र २१ हजार ३९८ हेक्टर क्षेत्रफल रोपाइँ हुन बाँकी छ । सुनसरी मोरङ सिँचाइ आयोजनाले समेट्ने क्षेत्रको पनि सबै ठाउँमा रोपाइँ हुन सकेको छैन ।

उच्च जमिनमा सिँचाइ सुविधा भए पनि राम्ररी पानी चढ्दैन । त्यस्ता ठाउँमा किसानले आकासे पानीमै भर गर्ने गरेका छन् । तुलनात्मक रूपमा भोजपुरमा बढी अर्थात् ५८ प्रतिशत रोपाइँ भएको छ विभागले जानकारी दिएको छ ।

मनसुन सक्रिय भएमा अझै पनि तराई क्षेत्रमा रोपाइँका लागि समय बाँकी रहेकाले चिन्ता गर्न नपर्ने जानकार बताउँछन् ।

झापा, मोरङ र सुनसरीमा साउनभर रोपाइँ गर्न सकिन्छ । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले यो साता पनि कम पानी पर्ने र तापक्रम बढ्ने प्रक्षेपण गरेकाले रोपाइँमा खासै प्रगति नहुने सम्भावना देखिएको छ ।

प्रकाशित समय: सोमबार ३० असार, २०८२, ०७:४२:४०

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
१ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०