विराटनगर । नेपाली बजारमा सुनको मूल्य आइतबार एकैपटक प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।