खेलप्रति पार्टीको लगाव : केपी ओली कपपछि अब ‘प्रचण्ड कप’ भलिबल हुने !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ चैत, २०८१
२ वर्षअघि

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघले गणतन्त्र दिवसका अवसरमा ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्रको जनवर्गीय संगठनको रूपमा रहेको खेलकुद महासंघले राष्ट्रियस्तरको पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

Advertisement

महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए ।

उनले भने, ‘प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ धमलाले भने ।

धमलाले थपे, ‘गणतन्त्र स्थापना र भलिबललाई देशको राष्ट्रिय खेल बनाउन अध्यक्ष प्रचण्डको भूमिका महत्त्वपूर्ण रहेको सबैलाई थाहा नै छ । तत्कालीन प्रचण्ड सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो। त्यसैले पनि जेठमा नै भलिबल प्रतियोगिता गर्न लागेका हौं ।’

बैठकले महासंघको राष्ट्रिय सम्मेलन सोही वर्षको असार ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्य एसियन मार्सल आर्ट्स गेम्स तथा खेलकुद महोत्सव गर्ने भएको छ। सो मार्सल आर्ट्स गेम्स आगामी जेठ २ र ३ गते गर्ने गरी महासंघले तयारीसमेत थालेको छ ।

महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउन मद्दत पुग्ने गरी काम गर्न सदैव अग्रसर हुने बताए ।

महासंघको बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै सम्पन्न गर्न सरकारलाई सचेत गराउँदै खेलाडीहरूको खेल्न पाउने अधिकारबाट वञ्चित नगराउन अपिल समेत गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०