विराटनगरको हेरिटेज मन्टेश्वरीमा स्पोर्ट्स मिट एवम् होली विशेष कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित हेरिटेज मन्टेश्वरीले एक दिने स्पोर्ट्स मिट आयोजना गरी विद्यार्थीहरूको खेल प्रतिभा प्रदर्शन गरेको छ ।

विद्यालयले दौड, चेयर पुलिङ, बल पासिङ, स्पुन गेम लगायत विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गरेको थियो ।

प्रतियोगितामा विद्यालयका सबै विद्यार्थीहरूको अनिवार्य सहभागिता रहेको थियो ।

मन्टेश्वरीले विभिन्न प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरेको छ । साथै, प्रतियोगितामा सहभागिता जनाउने सबै विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

यस्ता खेलकुद कार्यक्रमहरूले विद्यार्थीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने हेरिटेज मन्टेश्वरीका संस्थापक प्रिन्सिपल ज्योतिप्रसाद धितालले बताए ।

खेलकुदले बालबालिकाहरूमा टिमवर्क, आत्मविश्वास, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत गर्ने उनको भनाइ छ ।

“शारीरिक विकासको साथसाथै मानसिक विकासमा पनि खेलकुदको महत्वपूर्ण योगदान हुन्छ,” धितालले भने, “हामी बालबालिकाहरूलाई खेलको माध्यमबाट जीवनका महत्वपूर्ण सीपहरू सिकाउन चाहन्छौं ।”

विद्यालयले आगामी दिनमा पनि यस्ता खेलकुद कार्यक्रमहरू निरन्तर आयोजना गर्ने जनाएको छ ।

स्पोर्ट्स मिटका साथै मन्टेश्वरीले होली विशेष कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा शिक्षिकाहरूले बालबालिकालाई अबिर लगाएर रंगीचंगी वातावरणमा नाचगान गर्दै होली पर्वको उत्सव मनाएका थिए ।

बालबालिकाहरूले होलीको महत्व र सांस्कृतिक पक्षबारे जानकारी पाउनुका साथै आपसी सद्भाव र मिलापको सन्देश बोकेको यस पर्वलाई हर्षोल्लासका साथ मनाएका थिए ।

यस प्रतियोगितामा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

तीन वर्षअघि विराटनगर -३ पोखरियास्थित (सेल्फी रोड) मा स्थापना भएको हेरिटेज मन्टेश्वरीले विशिष्ट शैक्षिक सुविधाहरूसहित गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

विद्यालयले कक्षामा सीमित विद्यार्थी संख्या, मितव्ययी शुल्क, एक हप्ताको निःशुल्क परीक्षण अवधि जस्ता विशेषताहरू प्रदान गर्दै आएको छ ।

यसका साथै, मन्टेश्वरीमा तालिम प्राप्त अनुभवी शिक्षकहरू, श्रव्य-दृश्य कक्षाकोठा, हेरचाह गर्ने शिक्षक तथा हेरचाहकर्ताहरू र विशाल खेल मैदानको व्यवस्था रहेको छ ।

प्रकाशित समय: बिहिबार २९ फाल्गुण, २०८१, १६:११:५३

सम्बन्धित खबर

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ दिनअघि

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
५ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
६ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०