कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ असोज, २०८३
३ हप्ताअघि

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको आधिकारिक लोगो र नारा सार्वजनिक गरेको हो।

कांग्रेसले १५औँ महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ।

Advertisement

पार्टीको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेका छन्।

निर्धारित कार्यतालिकाअनुसार असोज ३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।

कांग्रेसले महाधिवेशनलाई पार्टीको संगठनात्मक गतिविधि, नेतृत्व चयन तथा आगामी राजनीतिक दिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाइरहेको छ। पार्टीको आधिकारिक वेबसाइटमा समेत १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेको उल्लेख गरिएको छ।

महाधिवेशनका लागि सार्वजनिक गरिएको नाराले पार्टीको विगतको परम्परालाई सम्मान गर्दै परिवर्तन र समुन्नत नेपाल निर्माणको संकल्पलाई जोड दिएको छ।

यसैबीच, महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्र विभिन्न तहका अधिवेशन तथा प्रतिनिधि छनोटका गतिविधि तीव्र बनेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०