भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ माघ, २०८१
१ वर्षअघि

विराटनगर । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ ।

प्रहरीका अनुसार बुधबार राति एक अज्ञात समूह सैफ अली खानको घरमा पसेको थियो ।

Advertisement

त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । ती व्यक्तिले चक्कु प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका थिए ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको बीबीसी समाचारमा उल्लेख छ ।

समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उदृध गर्दै भनेको छ- एक व्यक्ति सैफअली खानको घरमा पसेर पहिले उनको घरेलु कामदारसँग झगडा गरेको र त्यसमा सैफले हस्तक्षेप गर्न खोजेपछि सैफमाथि नै आक्रमण भएको हो।

अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बिहान करिब २.३० बजे सैफ अली खान र उनकी श्रीमती करीना कपूरको बान्द्रास्थित घरमा चोर पसेको थियो ।

त्यो समयमा सैफ आफ्नो परिवारसँग घरमा थिए । चोर घटनास्थलबाट भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उल्लेख गरेको छ ।

उक्त रिपोर्टमा घटनाको बारेमा एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।’ सैफलाई राती ३:३० बजेतिर लीलावती अस्पताल ल्याइएको थियो ।

उनको शरीरमा छ ठाउँमा चोट लागेको छ । जसमध्ये दुई ठाउँमा गहिरो घाउ लागेको छ उपचाररत चिकित्सकले जनाएका छन् ।

एउटा घाउ मेरुदण्ड नजिकै छ । उनको शल्यक्रिया भइरहेको छ । शल्यक्रियापछि मात्र चोटको गहिराइ पत्ता लगाउन सकिने जनाइएको छ । ​​​​​​​सैफको घाँटीमा पनि चोट लागेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०