काठमाडौँमा सोनु निगमको कन्सर्ट : टिकट ५० हजार रुपैयाँसम्म

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० पुस, २०८१
२ वर्षअघि

काठमाडौं । भारतका प्रसिद्ध गायक सोनु निगम सांगीतिक कन्सर्टका लागि बुधबार साँझ काठमाडौं आइपुगेका छन् ।

ह्यात चौरमा हुने सांगीतिक कार्यक्रमका लागि उनी एयरइन्डियाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

Advertisement

‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आएका हुन् ।

उनको १९ सदस्यीय सांगीतिक समूह (ब्याण्ड मेम्बर) भने आज बिहानै आएका थिए ।

नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् नेपाल आएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिए ।

‘मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलोपटक सांगीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु। नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु’, उनले भने ।

आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसंगीत पनि प्रस्तुत गर्नसक्ने भएकाले ल्याइएको बताए ।

कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट शुल्क राखिएको छ ।

गायक निगमले स्वर दिनुभएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’लगायत लोकप्रिय छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०