कविताः शासक र भगवान्

-मीनकुमार नवोदित
आईतबार ७ पुस, २०८१
२ वर्षअघि

दुःख र आपत पर्दा
म बा-आमालाई सम्झन्छु
भगवान्‌लाई सम्झन्छु 
तर, किन सम्झिन्न शासकलाई ?

आफ्नै अगाडिबाट दिनहुँ
ओहोरदोहोर गरिरहने शासकभन्दा
कहिल्यै नभेटेको भगवान्
यतिबिघ्न प्यारो किन लाग्छ मलाई ?

Advertisement

कहीं कतै देख्या छैन आजसम्म –
भगवानविरुद्ध सडकमा निस्केको जुलुस 
सुन्या छैन भगवानलाई तथानाम गाली गरेको
आस्थाको न्यायालयमा विपक्षी बनाएर
थाहा छैन भगवान्का नाममा मुद्दा हालेको । 

शासक सधैँ भगवान् हुन खोज्छ
हरेक दिन भगवानलाई जस्तै पुजून् भन्छ
साँझ-बिहान धुपबाती गरून् भन्छ
सडक किनारमा लस्करै उभिएर
शिर झुकाएर नमस्कार गरून् भन्छ 
भक्तजनले झैँ प्रशंसाको भेटी चढाऊन् भन्छ
भोकभोकै बसेर आफ्नै भजन गाऊन् भन्छ
घरको भित्ताभरि आफ्नै तस्बिर टाँगून् भन्छ ।

साइरन बजाउँदै दिनदिनै
आधुनिक बस्तीको पुरानो सडकबाट
ओहोरदोहोर गरिरहन्छ शासक ।
 
तर, देख्दैन-
भोकले बेहोस् वृद्धाश्रम
दूधेबालक च्यापेर सडक किनारमा
मकै पोलिरहेकी महिला 
बैसाखी टेकेर उभिएका वृद्धवृद्धा
बटुकामा भीख मागिरहेका बालबालिका
मेनपावर कम्पनीको गेटमा लामबद्ध देशका कर्णधार
अदालतअगाडि धर्नामा बसेका बलात्कृत चेली
बेपत्ता छोरो खोज्दै भौतारिरहेका बाबु
उपचारका लागि सहयोग माग्दै हिँडेको
जनयुद्धको घाइते युवक 
सिमाना मिचेको विरोधमा निस्केको जुलुस ।

 
हो, भगवान् हुन खोज्छ सधैँ शासक
जो आफ्नाविरुद्ध कोही नबोलून् भन्छ
सडकका दुवै किनारमा उभिएर
बतासले समेत बजाएर ताली 
गरोस् भन्छ भव्य स्वागत ।
ऋतुझैँ फेरिरहन्छ शासकको अनुहार
तर, किन फेरिँदैन मेरी आमाको अनुहार
किन फेरिँदैन देशको मुहार ?

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०