प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
करिब दुई सातापछि बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ।
बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।