टाउको दुखिरहने समस्याबाट मुक्त हुन यसो गर्नुहोस्

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ ।

मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन ।

तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन् ।

त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो ।

टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ ।

पानी कम खायो भने पनि टाउको दुख्छ । कुनै पनि कारणले ज्वरो आउन सक्छ । ज्वरो आएको बेलामा धेरैजसो टाउको दुखेको हुन्छ ।

टाउको दुख्ने समस्या हरेक मानिसले अनुभव गरेको हुन्छ । कहिलेकाँही धेरै गर्मी हुँदा, काम धेरै गर्दा वा तनावको कारण टाउको दुख्ने हुनसक्छ र यो समान्य हो ।

तर कोही मानिसलाई दैनिकजसो टाउको दुख्ने समस्या हुनसक्छ ।

लगातारको टाउको दुखाइले काममा बाधा ल्याइ मुडलाई परिवर्तन गराउन सक्छ ।

टाउको दुख्ने समस्या पहिलादेखि स्वास्थ्यमा भएको कुनै समस्या वा रोग तथा खराब जीवनशैलीको कारण हुनसक्छ ।

टाउको दुखाइको समस्याबाट मुक्त हुनका लागि जीवनशैलीलाई परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

दैनिक खाने खानाको कारणले पनि टाउको दुख्ने समस्या निम्त्याउने वा भएको समस्यालाई थप बढाउन सक्छ ।

क्याफिन, चिया, मदिरा, नुनिलो, र प्रशोधित खानाको अधिक सेवनले टाउको दुख्न सक्छ ।

कुन खानाले टाउको दुखाउँछ भनेर ध्यान दिइ त्यस्ता खानाको सेवन घटाउने प्रयास गर्नुपर्छ ।

यसबाहेक, खाना समयमा नखाँदा पनि टाउको दुख्ने हुनसक्छ ।

यसका लागि समयसमयमा सन्तुलित खाना खानुपर्छ ।

दिनभरिको कामपछि शरीरलाई आराम गर्न समय चाहिन्छ ।

मस्तिष्कमा अतिरिक्त भार राख्ने तथा निन्द्राको कमीले टाउको दुख्ने समस्यालाई थप बढाउन सक्छ ।

त्यसैले टाउको दुख्ने समस्याका लागि सही समयमा सुतेर निन्द्रा पुगाउनु पनि जरुरी हुन्छ ।

यसबाहेक टाउको दुखाइको समस्या हटाउनका लागि धुम्रपान त्याग्नु नै उचित हुन्छ ।

धुम्रपानले टाउको दुख्ने, फोक्सोलाई हानि गर्ने, पेटमा असर गर्ने, प्रतिरक्षा प्रणाली कमजोर बनाउने गर्छ ।

एक दिनमा धेरै वा वा खाली पेटमा धुम्रपान गर्नेहरूमा दुखाइ तीव्र हुन्छ ।

यो निकोटिनको उपस्थितिको कारणले हुन्छ, जसले गरतका नलिलाई साघुँरो बनाइ दिमागमा रगत प्रवाह कम गर्छ र टाउको दुखाइ निम्त्याउँछ ।

तनावका कारण पनि टाउको दुखाइ र माइग्रेन हुनसक्ने हुँदा प्रायः टाउको दुख्ने समस्या भएका मानिसले तनावलाई नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ ।

ध्यान गर्ने, श्वासप्रश्वासको व्यायाम, योग वा हिँडाइले मन शान्त गर्न सक्छ र तनावलाई कम गर्न सक्छ ।

तनावको स्तर घटाउन गाह्रो भइरहेमा डाक्टरको परामर्श पनि लिन सकिन्छ ।

नराम्रो तरिकाले बस्नाले वा शरीरको पोस्चर नमिल्नाले पनि टाउको दुख्ने समस्या हुन सक्छ ।

लामो समयसम्म बसेर काम गर्नुपर्ने मानिसले पोस्चरमा ध्यान दिन जरुरी हुन्छ ।

साथै, हरेक घण्टा केही समयका लागि ब्रेक पनि लिन सकिन्छ ।

प्रकाशित समय: बिहिबार २७ मङ्सिर, २०८१, ०७:००:४६

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०