आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्ना कर्मचारीहरूका लागि भाडामा घर लिन १५ दिने सूचना जारी गरेको छ ।

गत साता पहिलो पटक सूचना प्रकाशित गरी मन्त्रालयले मंसिर २५ गतेसम्ममा घरधनीलाई निवेदन दिनसक्ने जनाएको छ ।

घर भाडामा लगाउन इच्छुक घरधनीले आफूले दिनसक्ने बहाल दररेट खुलाई रितपूर्वकको निवेदन पेश गर्न मन्त्रालयले सूचना जारी गरेको हो ।

भाडा लिनुपर्ने घरहरू विराटनगर महानगरपालिका क्षेत्रभित्र मन्त्रालयबाट करिब ५ किलोमिटरको दूरीभित्र अवस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।

चारैतिर कम्पाउन्ड वालले घेराबार भएको हुनुपर्ने, गाडी पार्किङ गर्ने सुविधा हुनुपर्ने, प्राविधिक दृष्टिकोणले उपयुक्त घर हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै, घरमा विद्युत, धारा, भान्सा, पानी, शौचालयको सुविधा भएको हुनुपर्ने र बहाल लिने घरमा कम्तीमा ४-५ कोठा हुनुपर्ने सूचनामा जनाइएको छ ।

यी मापदण्ड पुगेका घरधनीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सो घर अवस्थित जग्गाको धनीपुर्जाको प्रतिलिपि, सो घरको स्वीकृत नक्सा तथा निर्माण सम्पन्नको पत्रको प्रतिलिपि, घरजग्गाको लाग्ने हालसम्मको सबै किसिमको कर र दस्तुर तथा पानी, बिजुलीको महसुल चुक्ता गरेको प्रमाणको प्रतिलिपिसहित निवेदन पेश गर्नुपर्ने छ ।

साथै, आफूले भाडामा दिन चाहेको घरजग्गा कति भाडा दरमा दिन सकिने हो ? घर बहाल करसहित मासिक रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने छ ।

प्रकाशित समय: मङ्गलबार १८ मङ्सिर, २०८१, १९:१७:०५

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०