विराटनगर । विराटनगरमा जारी विराटनगर फुटसल लिग रोमाञ्चक बन्दै गइरहेको छ ।
गत कात्तिक २५ गतेदेखि विराटनगरको जम्बोरे नेक्सस लन्जमा जारी लिगको दोस्रो चरणमा पनि रोमाञ्चक खेलहरू भएका छन् ।
यस चरणका खेलहरूले लिगको प्रतिस्पर्धात्मक स्वरूपलाई अझै तीव्र बनाएको छ ।
दोस्रो चरणमा रियुनाइटेड एफसीले विराटनगर स्पोर्ट्स एकेडेमीलाई २-१ ले पराजित गरेको छ ।
यसैगरी, एबी फाइभ एफसीले क्लासिको एफसीलाई ५-१ ले ठूलो अन्तरले हराएको छ ।
यस्तै, स्टार बोइज एफसीले अपटाउन एफसीलाई २-१ ले पराजित गरेको छ ।
दोस्रो चरणको खेलपछि अंक तालिकामा केही परिवर्तन भएको छ ।
एबी फाइभ एफसीले ६ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ ।
स्टार बोइज एफसी पनि ६ अंकका साथ दोस्रो स्थानमा छ । तर गोल अन्तरका आधारमा एबी फाइभले शीर्ष स्थान कायमै गरेको छ ।
अपटाउन एफसी ३ अंकका साथ तेस्रो स्थानमा रहँदा रियुनाइटेड एफसी पनि ३ अंकका साथ चौथो स्थानमा छ ।
विराटनगर स्पोर्ट्स एकेडेमी र क्लासिको एफसी दुवै अंकविहीन छन् । तर गोल अन्तरका आधारमा क्लासिको एफसी अन्तिम स्थानमा छ ।
लिगको तेस्रो चरणका खेलहरू अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
विभिन्न टिमहरूले आफ्नो लक्ष्य हासिल गर्नका लागि कडा प्रतिस्पर्धा गर्नेछन् ।
विराटनगर फुटसल लिगले स्थानीय फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।
यसले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।