तीन अर्ब लगानीमा खुलेको टायल उद्योग २४ वर्षीय जयशको कमान्डमा !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ कार्तिक, २०८१
१ वर्षअघि

विराटनगर । कोभिड महामारीपछि सिर्जित विश्वव्यापी आर्थिक मन्दीका बीच सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा एउटा नयाँ उद्योग सञ्चालनमा आएको छ ।

अरिहन्त ग्रुपले औद्योगिक करिडोरअन्तर्गत सुनसरीको सोनापुरमा टायल उद्योग स्थापना गरेर उत्पादन बजारमा ल्याएको हो ।

तीन अर्ब लगानीमा अरिहन्त इन्फ्रा प्रालिले निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन गरेर बजारमा ल्याएको हो ।

जसको कमान्ड २४ वर्षीय जयश लुनियाँले गरिरहेका छन् ।

अमेरिकाको बोस्टन युनिभर्सिटीबाट सन् २०२१ मा व्यवस्थापन संकायमा स्नातक अध्ययन सकेर नेपाल फर्किएका जयशले उक्त उद्योगको नेतृत्व गरिरहेका छन् ।

जयश तार र पाइप उद्योग गरिरहेका बुबा गिरीशसँग टायल उद्योगको कमान्ड सम्हाल्न पाउनुपर्ने शर्त राखेर स्वदेश फर्किएका हुन् ।

६ वर्षअघि टायल उद्योग स्थापना गर्न सुरु गरिएको सम्भाव्यता अध्ययनले अहिले सार्थकता पाएको हो । उद्योगका उत्पादन अहिले देशभर पठाउन थालिएको छ ।

लुनियाँका अनुसार पोर्सलिन, सेरामिक र विक्ट्रिफाइड गरी तीन प्रकारका टायल छन् ।

विक्ट्रिफाइड टायल सबैभन्दा स्तरीय मानिन्छ । यस टायलले पानी सोस्तैन । नेपालमा पहिलो विक्ट्रिफाइड टायलको मेसिन उद्योगले नै लगाएको दाबी गरिएको छ ।

दैनिक १८ हजार वर्गमिटर टायलको उत्पादन भइरहेको सञ्चालक लुनियाँले जानकारी दिनुभयो ।

उद्योगले नेपालको माटोसमेत प्रयोग गर्नका लागि अनुसन्धान टोली परिचालन गरेको सञ्चालक जयशले जानकारी दिए ।

नेपालको माटोबाट पोर्सलिन र सेरामिक टायल उत्पादन गर्न सकिने सम्भावना धेरै रहेको छ तर विक्ट्रिफाइड टायल निकाल्न सकिन्छ/सकिँदैन भन्ने यकिन भइनसकेको उद्योगी लुनियाँको भनाइ छ ।

कोरिडोरमा स्थापना भएको पहिलो टायल उद्योगमा दक्ष एक सय र अर्धदक्ष तीन सय गरी कुल चार सय जनाले रोजगारी पाएको दाबी छ ।

कोशी प्रदेशका काँकडभिट्टा र विराटनगर नाकाबाट टायल निर्यात गर्ने योजनासमेत राखिएको उनको भनाइ छ ।

सन् २०२२ को फेब्रुअरीमा निर्माण सुरु भएको अरिहन्त इन्फ्रा प्रालिले २०२४ को अक्टुबरदेखि निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन सुरु गरेको हो ।

प्रकाशित समय: शुक्रबार २३ कार्तिक, २०८१, १५:५७:१४
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
म्यादीको पोसाक खरिदमा ६० करोड अनियमितता आरोप
बुधबार २ ब‌ैशाख, २०८३
समिति सभापति चयनअघि रास्वपाको संसदीय दल बैठक आज
बुधबार २ ब‌ैशाख, २०८३
नेपाल–बेलायतबीच शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल
बुधबार २ ब‌ैशाख, २०८३
‘बफर स्टेट’ शब्दप्रति ज्ञवालीको आपत्ति, कूटनीतिक भाषामा सावधानी अपनाउन सुझाव
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०