सेलरोटी लामो समय राखेर खाँदा निम्तिन्छ स्वास्थ्य समस्या

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । धनधान्यकी देवी लक्ष्मीको पूजा र दिदी–भाइबीचको भावनात्मक सम्बन्धको पर्वको रूपमा मनाइने तिहार केही विशेष खानपान परिकार लिएर आउने गर्छ ।

केही विशेष परिकारहरू छन्, जुन तिहारमा मात्रै पकाउने गरिन्छ । र, केही यस्ता परिकारहरू छन् जसले तिहारको माहोल लिएर आउँछ ।

तिहारको उमंगलाई झनै भव्य बनाउने खाद्य परिकारहरू हुन्, चिनी रोटी, फिनी रोटी, अनरसा, अर्सा र सेल । यी सदावहार परिकारहरू आफैँमा तिहारको पर्यायवाची बनिसकेका छन् । अर्थात् तिहार यस्ता मिष्ठान्नविना फिक्का हुन्छ ।

तिहारमा पाक्ने अन्य परिकारमध्ये सेलरोटीलाई विशेष मानिन्छ । रोटीसहित तिहारमा पाक्ने सबैजसो परिकार गुलिया र चिल्ला हुन्छन् ।

यी सबै चिल्ला खानेकुरा बढी खाँदा शरीरमा विभिन्न किसिमका समस्या हुनसक्ने चिकित्सक बताउँछन् ।

धेरै चिल्लो पदार्थ खाँदा पेट ढुस्स हुने, ग्यास्ट्रिक हुने, कब्जियत हुने, झाडापखाला हुने खानामा अरुचि हुनेलगायत समस्या देखापर्ने पोषणविद् अर्जुन गौतम बताउँछन् ।

उनका अनुसार चिल्लो पदार्थले स्वस्थ व्यक्तिलाई समेत समस्या निम्त्याउँछ । अझै रोगीलाई त चिल्लो खानेकुरा हानिकारक नै हुन्छ ।

तिहारको समयमा टन्न सेलरोटी पकाएर यसलाई सुरक्षित तरिकाले लामो समसयसम्म राखेर कयौँ दिनसम्म पटक पटक तताएर खाजाका रूपमा खाने चलन पनि छ ।

धेरै चिल्लो पदार्थ खाँदा पेट ढुस्स हुने, ग्यास्ट्रिक हुने, कब्जियत हुने, झाडापखाला हुने खानामा अरुचि हुनेलगायत समस्या देखापर्ने पोषणविद् अर्जुन गौतम बताउँछन् ।

अत्यधिक तेलमा पकाइएका खानेकुरा पचाउन गाह्रो हुन्छ । कुनै पनि परिकार एकैपटक धेरै बनाएर राख्दा तेलको गुणस्तर कम हुँदै जान्छ, जसले शरीरलाई हानी गर्छ ।

खाली पेटमा यस्ता चिल्ला खानेकुरा खाँदा ग्यास्ट्रिक बढ्छ । दुई दिनसम्म खाँदा यसले स्वास्थ्यमा धेरै असर नगरेपनि लामो समयसम्म भण्डारण गरिएको यस्ता परिकार दैनिक रूपमा सेवन गर्नाले मानिसमा विभिन्न प्रकारको रोग निम्त्याउन सक्छ ।

लामो समयसम्म भण्डारण गरेर राखेको सेलरोटीलगायत अन्य परिकारको सेवनले विशेषगरी मुटुरोगीमा यसले बढी असर गर्नसक्ने उनको भनाइ छ ।

चिल्लो खानेकुरा खाँदा अरू खानामा पनि ध्यान दिनुपर्ने हुन्छ । यस्ता खानेकुरा खाल पेटमा नभइ केही सादा खाना खाएरमात्र खानुपर्छ ।

साथै, सेलरोटी लगायतका चिल्लो खानासँग फलफूल, सागपात र पानी प्रशस्त पिउनुपर्छ ।

यसबाहेक एउटै तेलमा पटक–पटक सेलरोटी बनाउन नहुने गौतनको सुझाव छ । बासी तेलमा खानेकुरा बनाउन नहुने र एकैपटक धेरै परिकार बनाएर राख्न नहुनेसमेत उनले सुझाएका छन् ।

प्रकाशित समय: बिहिबार १५ कार्तिक, २०८१, ०८:१८:३४

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०