सेलरोटी लामो समय राखेर खाँदा निम्तिन्छ स्वास्थ्य समस्या

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । धनधान्यकी देवी लक्ष्मीको पूजा र दिदी–भाइबीचको भावनात्मक सम्बन्धको पर्वको रूपमा मनाइने तिहार केही विशेष खानपान परिकार लिएर आउने गर्छ ।

केही विशेष परिकारहरू छन्, जुन तिहारमा मात्रै पकाउने गरिन्छ । र, केही यस्ता परिकारहरू छन् जसले तिहारको माहोल लिएर आउँछ ।

Advertisement

तिहारको उमंगलाई झनै भव्य बनाउने खाद्य परिकारहरू हुन्, चिनी रोटी, फिनी रोटी, अनरसा, अर्सा र सेल । यी सदावहार परिकारहरू आफैँमा तिहारको पर्यायवाची बनिसकेका छन् । अर्थात् तिहार यस्ता मिष्ठान्नविना फिक्का हुन्छ ।

तिहारमा पाक्ने अन्य परिकारमध्ये सेलरोटीलाई विशेष मानिन्छ । रोटीसहित तिहारमा पाक्ने सबैजसो परिकार गुलिया र चिल्ला हुन्छन् ।

यी सबै चिल्ला खानेकुरा बढी खाँदा शरीरमा विभिन्न किसिमका समस्या हुनसक्ने चिकित्सक बताउँछन् ।

धेरै चिल्लो पदार्थ खाँदा पेट ढुस्स हुने, ग्यास्ट्रिक हुने, कब्जियत हुने, झाडापखाला हुने खानामा अरुचि हुनेलगायत समस्या देखापर्ने पोषणविद् अर्जुन गौतम बताउँछन् ।

उनका अनुसार चिल्लो पदार्थले स्वस्थ व्यक्तिलाई समेत समस्या निम्त्याउँछ । अझै रोगीलाई त चिल्लो खानेकुरा हानिकारक नै हुन्छ ।

तिहारको समयमा टन्न सेलरोटी पकाएर यसलाई सुरक्षित तरिकाले लामो समसयसम्म राखेर कयौँ दिनसम्म पटक पटक तताएर खाजाका रूपमा खाने चलन पनि छ ।

धेरै चिल्लो पदार्थ खाँदा पेट ढुस्स हुने, ग्यास्ट्रिक हुने, कब्जियत हुने, झाडापखाला हुने खानामा अरुचि हुनेलगायत समस्या देखापर्ने पोषणविद् अर्जुन गौतम बताउँछन् ।

अत्यधिक तेलमा पकाइएका खानेकुरा पचाउन गाह्रो हुन्छ । कुनै पनि परिकार एकैपटक धेरै बनाएर राख्दा तेलको गुणस्तर कम हुँदै जान्छ, जसले शरीरलाई हानी गर्छ ।

खाली पेटमा यस्ता चिल्ला खानेकुरा खाँदा ग्यास्ट्रिक बढ्छ । दुई दिनसम्म खाँदा यसले स्वास्थ्यमा धेरै असर नगरेपनि लामो समयसम्म भण्डारण गरिएको यस्ता परिकार दैनिक रूपमा सेवन गर्नाले मानिसमा विभिन्न प्रकारको रोग निम्त्याउन सक्छ ।

लामो समयसम्म भण्डारण गरेर राखेको सेलरोटीलगायत अन्य परिकारको सेवनले विशेषगरी मुटुरोगीमा यसले बढी असर गर्नसक्ने उनको भनाइ छ ।

चिल्लो खानेकुरा खाँदा अरू खानामा पनि ध्यान दिनुपर्ने हुन्छ । यस्ता खानेकुरा खाल पेटमा नभइ केही सादा खाना खाएरमात्र खानुपर्छ ।

साथै, सेलरोटी लगायतका चिल्लो खानासँग फलफूल, सागपात र पानी प्रशस्त पिउनुपर्छ ।

यसबाहेक एउटै तेलमा पटक–पटक सेलरोटी बनाउन नहुने गौतनको सुझाव छ । बासी तेलमा खानेकुरा बनाउन नहुने र एकैपटक धेरै परिकार बनाएर राख्न नहुनेसमेत उनले सुझाएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
६ दिनअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०