ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा कोशी प्रदेश सरकारले सहयोग गर्ने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ असोज, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् ।

Advertisement

ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

उनले भने, ‘यो चलचित्र हेर्न मौका मिल्यो । यसको प्रमोसनमा कोशी प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौँ । यसको लागि आन्तरिक मामिला मन्त्रालयलाई समन्वय गर्न आग्रह गर्दछु ।’

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा नै चलचित्र देखाउने योजना बनाए पनि केही कारणले सम्भव नभएको बताए । उनले प्रदेशसभामा पनि ‘नालापानी’ चलचित्र समय मिलाएर देखाउने बताए ।

यस्ता एतिहासिक फिल्महरू अरु पनि बन्नुपर्ने उनले बताए । देशका विभिन्न पक्षसँगसम्बन्धित चलचित्र बनेको खण्डमा पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

‘हाम्रा ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक मनोरम पक्षलाई उजागर गर्ने चलचित्र एउटा शसक्त माध्यम हो’, मुख्यमन्त्री कार्कीले थपे, ‘त्यसकारण यसलाई निरन्तर अगाडी बढाउन आग्रह गर्दछु । हामीले २०८२ लाई पर्यटन वर्ष मनाउने घोषणा पनि गरिसकेका छौँ । पर्यटन वर्षको सन्दर्भ पारेर कोशी प्रदेशको कथाबस्तुमा आधारित भएर चचित्रहरू निर्माण गर्न पनि हामीले सहयोग गर्नुपर्छ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ऐतिहासिक कुरालाई अभिनय मार्फत सबैसामु प्रस्तुत गरेकोमा निर्माण पक्षलाई धन्यवाद दिए । उनले सबै नेपालीले यो चलचित्र हेर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘नयाँ पुस्ताहरूलाई पनि हाम्रो वीरताको गाथासँग परिचित गराउन आवश्यक छ । कोशी प्रदेश सरकारको तर्फबाट यो चलचित्र हेरिदिनुहुनका लागि सबैलाई आग्रह गर्दछौँ ।’

भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले चलचित्रले भावुक बनाएको उल्लेख गरे । देशभक्ति चलचित्र भएकाले चासोका साथ फिल्म हेर्न उपस्थित भएको उनले बताए ।

‘म धेरै चलचित्र हेर्दिनँ पनि, नालापानी भन्ने बित्तिकै हेर्न मन लाग्यो’, उनले भने, ‘म इतिहासको विद्यार्थी भएकाले चासोको विषय पनि थियो । चलचित्र हेरिसकेपछि इतिहासमा पढेका कुराहरूलाई चलचित्र मार्फत जस्ताको त्यस्तै उतारेको पाएँ । यो चलचित्रले हामी राजनीतिकर्मीलाई पनि केही कुरा सिकाएको छ ।’

प्रदेश सांसद मीना श्रेष्ठले नालापानी चलचित्रले राष्ट्रियताको भोक जगाइदिएको बताइन् । उनले भनिन्, ‘यस्ता प्रकारका फिल्म सबै जनाले हेर्न आवश्यक छ । चलचित्रले थप देशप्रेम बढाइदिएको छ ।’

पत्रकार विक्रम लुइँटेलले यो फिल्मले आम युवा पंक्तिलाई राष्ट्रियता प्रतिको भावना जागृत गर्न सन्देश दिएको बताए । उनले भने, ‘पछिल्लो पुस्तामा राष्ट्रियता प्रतिको भावना कमजोर भइरहेको बेलामा यो चलचित्रले आम युवा पंक्तीलाई राष्ट्रियता प्रतिको भावना जागृत गर्न र देश प्रतिको माया, ममता, स्नेह सिर्जना गर्नको लागि गतिलो सन्देश दिएको छ ।’

पत्रकार मीनकुमार नवोदितले विगतमा पुस्तकमा पढेको कुरालाई चलचित्र मार्फत थप प्रष्ट हुन पाएको बताए । यस्ता चलचित्र निर्माण र प्रवद्र्धन गर्न तीनै तहको सरकारले सहयोग गर्नुपर्ने नवोदितले बताए ।

उनले भने, ‘यस्ता चलचित्र सबैसामु पुर्‍याउन आवश्यक छ । विद्यालयहरूमा विद्यार्थीहरूलाई पनि यो चलचित्र देखाउन आवश्यक छ । जसले पूर्खाले गरेको त्यागको बारेमा पछिल्लो पुस्ताले पनि थाहा पाउनेछन् ।’

चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले सबैले इतिहास थाहा पाउनुपर्छ भन्ने उद्देश्यका साथ नालापानी निर्माण गरेको उल्लेख गरे ।

प्रदेश सरकारले यसको प्रवर्द्धनमा भूमिका खेल्नेमा आफू विश्वस्त रहेको अधिकारीले बताए ।

चलचित्र हेर्न विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, कर्मचारी, पत्रकारलगायत उपस्थिति भएका थिए ।

चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहाडी, गीता विष्ट, साहिना भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
३ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०