लसुनको हरियो पात खानु फाइदाजनक

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ असोज, २०८१
२ वर्षअघि

विराटनगर । लसुनलाई तरकारीमा राखिने मसलाको साथै औषधिको रूपमा पनि प्रयोग गरिन्छ ।

लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेटसम्बन्धी विभिन्न विकार पनि हटाउन, रक्तचाप तथा कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न र मुटुलाई स्वास्थ राख्ने गर्छ ।

साथै, इम्युनिटी बढाउने, रुघाखोकी, श्वासप्रश्वासको रोगमा समेत प्रभावकारी हुन्छ ।

लसुनको केस्रा मात्र नभएर लसुनको हरियो पात पनि खाने गरिन्छ । लसुनको पातलाई भुटेर, तरकारी वा अचारमा राखेर तथा सलादका रूपमा पनि खाने गरिन्छ ।

लसुनका हरियो पातले परिकारलाई राम्रो देखाउन, स्वाद र सुगन्धको लागि मात्र नभएर लसुनका हरियो पातका स्वास्थका पनि लसुनजत्तिकै फाइदाजनक हुन्छन् ।

लसुनजस्तै लसुनको पातले पनि चिसो तथा रुघाखोकीको उपचारमा प्रयोग गर्न सकिन्छ ।

लसुनका पातको सेवनले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ ।

यसमा हुने एलिसिन नामक तत्वले रोग प्रतिरोधी क्षमतामा वृद्धि गराएर विभिन्न रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।

एलिसिन भएका कारण यसले शरीरबाट निस्कने गन्धलाई पनि कम गर्न सक्छ ।

लसुनको पातमा प्रशस्त मात्रामा आइरन तत्व पाइन्छ ।

रगतको मात्रा कम भएको तथा रक्तअल्पता (एनेमिया) भएकाको लागि लसुनको पातको नियमित सेवन लाभदायी हुन्छ ।

लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणालीसम्बन्धी समस्या पनि कम गर्छ ।

लसुनको पातमा एन्टी व्याक्टेरियल तथा दुखाइ कम गर्ने गुण हुन्छ, जसले एन्टिबायोटिक जस्तै काम गर्छ ।

यसको सेवनले विभिन्न प्रकारको सङ्क्रमणको खतरा पनि कम गर्छ ।

लसुनका पातको सेवन मुटुका लागि पनि फाइदाजनक हुन्छ ।

यसमा पाइने पोलिसल्फाइड तत्वले मुुटुलाई विभिन्न रोगबाट बचाउँछ ।

लसुनका पातमा म्यांगानिज तत्व हुन्छ ।

यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गरेर मुटुसम्बन्धी समस्यालाई कम गर्छ ।

प्रकाशित समय: शनिवार १२ असोज, २०८१, ०८:०८:०७

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०