नुनको सेवन कम भए स्वास्थ्यमा यस्ता समस्या देखिन्छन्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ असोज, २०८१
२ वर्षअघि

विराटनगर । सोडियम शरीरमा चाहिने एक महत्त्वपूर्ण इलेक्ट्रोलाइट हो, जुन नुनमा पाइने मुख्य तत्व पनि हो ।

धेरै सोडियम वा नुनको सेवनलाई शरीरमा उच्च रक्तचापको समस्यासँग जोडिएको हुन्छ ।

जसकारण सोडियम वा नुनको सेवनलाई सीमित गर्नुपर्ने सल्लाह दिइन्छ ।

प्रतिदिन २३ सय मिलिग्रामभन्दा कम सोडयम (५.८ ग्राम नुन) को सेवन गर्न सल्लाह दिइन्छ ।

तर, उच्च रक्तचाप भएका तथा हुनेसक्ने मानिसले नुनको सेवन त्यागेमा रक्तचापको समस्या घट्ने हुँदा उनीहरूले शरीरमा चाहिनेभन्दा कम सोडियमको सेवन गरिरहेका हुन्छ ।

धेरै सोडियमले समस्या निम्त्याए पनि, थोरैले पनि स्वास्थ्यमा समस्या हुन सक्छ ।

आहारमा कम सोडियमको सेवन शरीरमा इन्सुलिन प्रतिरोधसँग सम्बन्धित छ ।

यस्तो अवस्थामा रगतमा चिनी र इन्सुलिनको स्तर उच्च हुन्छ ।

र, यसले टाइप २ मधुमेह र अन्य गम्भीर रोग पनि निम्त्याउन सक्छ ।

सोडियमको सेवन कम गर्नाले रक्तचाप कम गर्न सक्छ ।

रक्तचाप हृदयघात, स्ट्रोकलगायतको मुटु रोग निम्त्याउने प्रमुख कारण हो ।

तर, सोडियमको सेवन गर्नाले हृदयघात, स्ट्रोकलगायतको मुटु रोग निम्त्याउने र मुटु रोगको कारण मृत्युको जोखिम कम हुनुभन्दा पनि बढ्ने केही प्रारम्भिक अध्ययनले देखाएको छ ।

अध्ययनले सीमित नुनको सेवन गर्नाले एलडीएल (खराब) कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको मात्रा बढाउन सक्छ, जुन हृदय रोगको लागि सामान्य जोखिम कारकमध्ये एक हो ।

टाइप १ र टाइप २ मधुमेह भएका व्यक्तिलाई कम सोडियमको सेवनले मृत्युको जोखिम बढ्न सक्छ ।

तर, यसबारे थप अध्ययन गर्न आवश्यक छ ।

सोडियमको कम सेवन गर्नाले हाइपोनाट्रेमिया (रगतमा सोडियमको मात्रा एकदम कम)को उच्च जोखिम हुन्छ ।

उक्त समस्याको लक्षण डिहाइड्रेसनले गराएजस्तै हुन्छ ।

गम्भीर अवस्थामा, दिमाग फुल्न सक्छ, जसले टाउको दुखाइ, दौरा पर्ने, मानिस कोमामा जाने र मृत्युसमेत गराउन सक्छ ।

वृद्ध, खेलाडी मानिसमा हाइपोनाट्रेमियाको उच्च जोखिम हुन्छ ।

वृद्ध मानिस बिरामी हुने वा औषधि लिने सम्भावना बढी हुन्छ, जसले रगतमा सोडियमको स्तरलाई कम गर्न सक्छ ।

साथै, खेलाडीले पानीको अत्यधिक सेवन गर्ने हुँदा अत्यधिक पानीले शरीरमा सोडियमको मात्रा कम गराइ हाइपोनाट्रेमियाको जोखिम बढाउँछ ।

प्रकाशित समय: आईतबार १३ असोज, २०८१, ०८:०९:३६

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०