महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीको अराजकता : निर्देशकको कुर्सी झुन्ड्याइदिए रुखमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० जेठ, २०८१
२ वर्षअघि

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूको अराजकता बढेर गएको छ ।

यसअघि सरकारी गाडीमा आगजनी गरेर अरू पाँच वटा गाडीमा क्षति पुर्‍याएका विद्यार्थीहरूले निर्देशकको कुर्सी रुखमा झुन्ड्याइदिएका छन् ।

विशेष शैक्षिक कार्यक्रमअन्तर्गत व्यवस्थापन संकाय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीहरूले रुखमा झुन्ड्याएका हुन् ।

पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी मंगलबार रुखमा झुन्ड्याइएको हो ।

सुवेदीले कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुअगावै निमित्त निर्देशक डा. शिवचन्द्र चौधरीलाई दिएका थिए ।

त्यसपछि नै सुवेदीको कार्यकक्षमा केही दिनअगाडि नै तालाबन्दी गरिएको थियो । तालाबन्दी गरिएका कारण निर्देशकको नेमप्लेट यथावत् थियो ।

विद्यार्थीले मंगलबार कार्यकक्षको ताला खोलेर नेमप्लेटसहित कुर्सी रुखमा झुन्ड्याएका हुन् ।

यो घटना प्राज्ञिक मर्यादाविपरीत भएको बताउँदै क्याम्पस प्रमुख डा. रामवतार शरणले क्याम्पस प्राज्ञिक केन्द्र भएकाले टिठलाग्दा घटना हुनु दुःखद भएको सुनाए ।

यता, सुवेदीले यसमा विद्यार्थी मात्रै नभई प्राज्ञिक वर्गको समेत उक्साहट भएको हुन सक्ने आशंका गरे ।

उनले राजीनामा दिएर आइसकेको व्यक्तिको कुर्सी रुखमा झुन्ड्याउँदा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीको स्तर मापन हुने बताए ।

अनावश्यक विवादमा पार्ने गरी कुर्सी रुखमा झुन्ड्याएर विद्यार्थीले आफ्नै स्तर कमजोर बनाएको घटनामा विद्यार्थी विभाजित देखिएका छन् ।

गत आइतबार मात्रै मोरङ क्याम्पसका विद्यार्थीले प्रदेश योजना आयोग उपाध्यक्षको गाडीमा आगजनी गरेका थिए ।

त्यही दिन पाञ्चालीस्थित होटल कञ्चनजङ्घाबाहिर पार्किङमा राखिएका विद्युत् प्राधिकरणका पाँच वटा गाडी तोडफोड गरिदिएका थिए ।

प्रकाशित समय: बुधबार ३० जेठ, २०८१, १०:४२:३५

सम्बन्धित खबर

रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

शुक्रबार ५ असार, २०८३
१ घण्टाअघि

अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर

शुक्रबार ५ असार, २०८३
४ घण्टाअघि

बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द

शुक्रबार ५ असार, २०८३
६ घण्टाअघि

राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा

शुक्रबार ५ असार, २०८३
८ घण्टाअघि

ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो

बिहिबार ४ असार, २०८३
१ दिनअघि

मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

बिहिबार ४ असार, २०८३
१ दिनअघि
रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
शुक्रबार ५ असार, २०८३
प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०