विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विराटनगरको पोखरिया माध्यमिक विद्यालय देशकै सर्वोत्कृष्ट विद्यालय बनेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित एसइई परीक्षाको नतिजामा पोखरिया माविका विद्यार्थी देशभरकै उत्कृष्ट बनेका हुन् ।

आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण-प्रतिवेदनअनुसार पोखरिया माविबाट एसईईमा सहभागी ३६० जना विद्यार्थीमध्ये ७४.४४ प्रतिशतले औसत स्तरीकृत अङ्क (जिपिए) ३.२ वा सोभन्दा माथि प्राप्त गरेका छन् ।

यस्तो नतिजा कायम गरेपछि पोखरिया मावि देशभरकै सर्वोत्कृष्ट विद्यालय घोषित भएको हो ।

सरकारी विद्यालयमध्येबाट उत्कृष्ट नतिजा दिने विद्यालयको सूचीमा कोशी प्रदेशकै खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेल पनि चौथो स्थानमा परेको छ ।

सरस्वतीबाट १७५ विद्यार्थी सहभागी भएकोमा ६१.१४ प्रतिशतले जिपिए ३.२ भन्दा माथिको नतिजा हासिल गरेका छन् ।

कोशी प्रदेशकै विराटनगरस्थित आदर्श माविसमेत उत्कृष्ट नतिजाका लागि १२ औं स्थानमा परेको छ ।

आदर्श माविबाट ३७५ विद्यार्थी सहभागी हुँदा ३९.४६ प्रतिशतले जिपिए ३.२ भन्दा बढी प्राप्त गरेका छन् ।

प्रकाशित समय: मङ्गलबार १५ जेठ, २०८१, १४:०४:५७
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०