सलमान खानको घरबाहिर चल्यो गोली

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ ब‌ैशाख, २०८१
१ महिनाअघि

विराटनगर । बलिवुडका चर्चित अभिनेता सलमान खानको घरबाहिर गोली चलेको छ ।

आइतबार मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडि गोली प्रहार भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

ग्यालेक्सी अपार्टमेन्टअगाडि दुई मोटरसाइकल सवारले चार राउन्ड फायर गरेपछि घरको सुरक्षा बढाइएको बताइएको छ ।

गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेको थियो ।

सलमानको घरबाहिर पनि सुरक्षा बढाइएको छ । आक्रमणकारीहरूको पहिचान गर्न नजिकैको सिसिटिभी फुटेज पनि जाँच गरिँदै छ र मानिसहरूसँग सोधपुछ पनि भइरहेको छ ।

लरेन्स बिश्नोईले मार्च २०२३ मा सलमानलाई धम्की दिएका थिए । बिश्नोईको धम्कीपछि सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट वाई प्लस श्रेणीको सुरक्षा पाएका छन् ।

यसअघि सलमानसँग महाराष्ट्र प्रहरीका कर्मचारी बस्ने गर्दथे तर धम्की आएपछि उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ ।

यो सुरक्षा घेरामा ११ जना सैनिक सधैं सलमानसँग रहन्छन्, जसमा एक वा दुई कमाण्डो र दुई पिएसओ पनि हुन्छन् ।

सलमानको गाडीअगाडि र पछाडि एस्कर्ट गर्न सधैं दुईवटा गाडी हुन्छन् । यससँगै सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ रहेको छ ।

प्रकाशित समय: आईतबार २ ब‌ैशाख, २०८१, १२:१४:१६
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते
बिहिबार ३ जेठ, २०८१
प्रतिलिटर सात रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेर-मट्टीतेलको मूल्यमा पनि गिरावट
बिहिबार ३ जेठ, २०८१
नेपालको कप्तान
सन्दीपलाई विश्वकप खेल्ने टोलीमा समावेश गर्ने क्यानको तयारी
बिहिबार ३ जेठ, २०८१
गिरी फाउन्डेसनले गर्‍यो विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण
बुधबार २ जेठ, २०८१
प्रहरीको सफलता : एकैदिन ६ सय ९० किलो गाँजा बरामद, चार जना पक्राउ
बुधबार २ जेठ, २०८१
बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो
बुधबार २ जेठ, २०८१
उमेरले १२ पुगेकी कञ्चनको आवाज र नृत्यमा ‘तेह्रथुमकी रानी’
बुधबार २ जेठ, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
बुधबार २ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०