भारतेन्दु हरिश्चन्द्रको प्रख्यात नाटक ‘सत्य हरिश्चन्द्र’ मञ्चन सुरु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ चैत, २०८०
२ वर्षअघि

विराटनगर । सत्मार्गमा हिँड्ने एक लोकप्रिय राजा देवताहरूद्वारा नै तिनको सत्यको कठोरभन्दा कठोर परिक्षण र सुखद् अन्त्य, ‘सत्य हरिश्चन्द्र नाटकको समग्र कथा यही हो ।

यहीँ कथामा नै खासगरी भारतमा कैयौं नाटक मञ्चन गरिएको छ । भारतेन्दु हरिश्चन्द्रले लेखेको उक्त नाटकमा आधारित भएर भारतमा पहिलो फूल लेन्थ फिचर फिल्म बन्यो ।

Advertisement

नेपाली भाषाको पहिलो चलचित्र पनि सत्य हरिश्चन्द्र नै हो । उही कथावस्तुमा आधारित नाटक विराटनगरमा मञ्चन शुरु भएको छ ।

विराटनगरको एकमात्र नाटकवर आरोहण गुरुकुलको सुशीला कोइराला नाटकरमा शुक्रबारदेखि ‘सत्य हरिश्चन्द्र को प्रदर्शन गुरु गरिएको हो ।

करिब एक सय ५० वर्षअघि आधुनिक हिन्दी साहित्यका पिता भनेर चिनिने भारतेन्दु हरिश्चन्द्रले लेखेका उक्त नाटक करिब ५० वर्षअघि नै नेपालीमा अनुवाद गरिएको थियो ।

शिक्षण पेसा र साहित्यमा आवद्ध रंगेलीका केदार सत्यालले वि.सं. २०३३ सालमै नेपालीमा अनुवाद गरेको उक्त नाटकले मञ्चमा स्थान पाएको छ ।

सूर्यकुलका राजा हरिश्चन्द्रको सत्यनिष्ठाको कथामा आधारित भएर तयार पारिएको यस नाटकले सत्यपथमा जस्तोसुकै कष्ट भएता पनि त्यसको अन्त्य सुखद हुने सन्देश दिएको छ ।

आधुनिक नाटकहरूभन्दा फरक यस शास्त्रीय नाटकले नैतिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वाससहित नाटक मञ्चन गरिएको निर्देशक दिपेश भण्डारीले बताए ।

‘करिब ५० वर्षअघि अनुवाद भएर थन्किएको अवस्थामा फेला परेको यो नाटक मञ्चमा प्रस्तुत गर्ने जमर्को गरेका हौं’, निर्देशक भण्डारीले भने ।

१ घण्टा ४५ मिनेट अवधिको यो नाटकमा राजा हरिश्चन्द्र रानी शैव्या, भगवान ईन्द्र, नारदमुनी विश्वामित्र लगायत पात्रहरू देखिन्छन् ।

केही समय अडिसन गरी कलाकार छनोट गरेर रिहर्सल थालेको गुरुकुलको यस नाटकमा प्रदीप दाहाल, दीक्षा मिश्र, सविन भट्टराई, रविन चिमरिया, आयुष प्रसाद कोइराला, विकास अधिकारी, निशान राई, जितेन्द्र रजक, पंकज साह, मेलिना कार्की, एलिजा ठाकुर, विवश ढकाल, रागन मानन्धर, दिक्षा चौधरी, मनिषकुमार ठाकुर लगायतको अभिनय छ ।

भरत कार्कीको प्रकाश परिकल्पना सविन भट्टराईको मञ्च परिकल्पना तथा सह निर्देशनमा तयार यस नाटक चैतको २३ देखि ३० गतेसम्म साँझ ५:१५ बजे मञ्चन भइरहेको गुरुकुलका अध्यक भैरव क्षेत्रीले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
३ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०