विराट गोल्डकप चैत १५ गतेदेखि, घटाइयो पुरस्कार राशि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशकै ठुलो फुटबल प्रतियोगिता विराट गोल्डकपको आठौं संस्करण चैत १५ देखि सञ्चालन हुने भएको छ ।

विराट गोल्डकप ट्रस्टको आयोजनामा हुने गोल्डकप चैत १५ गतेदेखि २४ गतेसम्म हुने बताइएको छ ।

ट्रस्टका अध्यक्ष किशोर शाहीका अनुसार १० टोली सहभागी गराउनेगरी प्रतियोगिताको तयारी भए पनि सहभागी हुने टिमको छिनोफानो भइसकेको छैन ।

विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुने प्रतियोगिताको पुरस्कार राशि भने झन्डै आधाले घटाइएको छ ।

सातौं संस्करणको विजेता टिमले २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

भारत केरलाको लुका सकरलाई हराउँदै घरेलु टोली विराटनगर सिटी एफसीले उपाधि जितेको थियो ।

त्यसभन्दा अघिल्लो संस्करणका विजेताले १५ लाख १५ हजार पुरस्कार पाएको थियो भने पाँचौं संस्करण विजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार पाएको थियो ।

अब, यो वर्ष भने विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

गत वर्ष गोल्डकप आयोजना गर्दा धेरै घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशि घटाउन बाध्य भएको बताइएको छ ।

आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणझैं यसपालि पनि प्रतियोगिताका खेलहरू राति खेल हुने छन् । त्यसका लागि सहिद रंगशालामा फ्लड लाइट जोडिएकै छ ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्डकपको रूपमा यसको सुरुआत भएको इतिहास छ ।

३९ वर्षसम्म नियमित रूपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने ११ वर्षसम्म गोल्ड कप हुनै सकेन ।

त्यसपछि नाम परिवर्तन गर्दै विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।

२०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालिएको हो ।

ऐतिहासिक विराट गोल्डकपले विभिन्न उद्योगीको साथ-सहयोगमा निरन्तरता पाउँदै आएको छ ।

प्रकाशित समय: बिहिबार १० फाल्गुण, २०८०, २०:४०:१५
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०