मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाले बिहीबार (भोलि) बिदा दिएको छ । मोटरसाइकल दुर्घटनामा परी कर्मचारीको मृत्यु भएपछि महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकमा बिदा दिएको हो ।

मंगलबार राति मोरङको ग्रामथान गाउँपालिकामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा विराटनगर–३ नम्बर वडा कार्यालयमा कार्यरत कर्मचारीको मृत्यु भएको थियो ।

Advertisement

मृत्यु हुनेमा कटहरी गाउँपालिका–७ का ३२ वर्षीय मनोज विश्वास रहेको राजमार्ग सुरक्षा तथा कोशी प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको छ ।

हिजो बेलुका ८ः१० बजेतिर ग्रामथान-२ सुखानी खोला छेउमा झोराहाटबाट थलाहातर्फ जाँदै गरेको को २३ प ४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

आफैं अनियन्त्रित भई मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएपछि चालक विश्वास गम्भीर घाइते भएका थिए ।

टाउकोमा चोट लागेका विश्वासलाई विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो । तर, बेलुका पौने ९ बजेतिर डाक्टरले मृत घोषणा गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटसाइकल प्रहरी चौकी झोराहाटको नियन्त्रणमा रहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मादक पदार्थ सेवन गरे–नगरेको तथा सवारी चालक अनुमतिपत्र भए–नभएको भन्नेबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

चार वर्षयता ३ नम्बर वडा कार्यालयमा उनी आइटी शाखामा कार्यरत रहेको वडा सचिव हरिप्रसाद गुरागाईंले जानकारी दिए ।

‘कार्यालयको काम सकेर घर फर्किँदै गर्दा झोराहाटनजिक दुर्घटना परेर उहाँको दु:खद् निधन भएको छ,’ उनले भने, ‘यसैले भोलि महानगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा बिदा दिने निर्णय भएको हो ।’

विराटनगर महानगर प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठका अनुसार भोलि अत्यावश्यक सेवाबाहेकका सेवाहरू बन्द रहने छन् ।

बिहीबार बिहान साढे १० बजे नगरपालिकाका कर्मचारी, वडासचिवहरू तथा कर्मचारी भेला भई शोकसभा गरेर अत्यावश्यक सेवाबाहेक बिदा दिने निर्णय उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो

शनिवार २४ असोज, २०८३
१४ घण्टाअघि

कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत

शनिवार २४ असोज, २०८३
१४ घण्टाअघि

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग

शनिवार २४ असोज, २०८३
१४ घण्टाअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१४ घण्टाअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
१८ घण्टाअघि

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

शनिवार २४ असोज, २०८३
१८ घण्टाअघि
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०