सुरक्षित गर्भपतनबारे किन जान्नु पर्छ ?

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ माघ, २०८०
२ वर्षअघि

डा. बालकृष्ण साह । २०७८ असारतिरको कुरा हो । कोरोना भाइरस महामारीका कारण मुलुक ‘लकडाउन’ को अवस्थामा थियो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ चक्रघट्टीबाट राति ८ बजेतिर एउटा एम्बुलेन्स विराटनगरस्थित माेरङ सहकारी अस्पताल आइपुग्यो । एम्बुलेन्समा आएकी ३२ वर्षीया समीक्षा मगर (नाम परिवर्तित) लाई इमर्जेन्सी कक्षमा भर्ना गरियो ।

उनी गम्भीर बिरामी भएर एम्बुलेन्समा अस्पताल आउनुपर्ने कारण थियो, असुरक्षित गर्भपतन ।

चार सन्तानकी आमा सावित्रीकाे त्यौ पाचौं गर्भ थियो ।

सन्तानका रहर पुगिसकेकाले त्यो गर्भ पतन गर्न समीक्षाले बेलैमा औषधिद्वारा गरिने गर्भपतन सेवा राेजेकी थिइन् ।

त्यसबेला उनले चक्रघट्टीकै एक स्वास्थ्य संस्था पुगेर औषधि सेवन गरेकी थिइन् ।

तर, औषधिकाे प्रयाेगले केही नभएपछि उनले पुनः परीक्षणका लागि सोही स्वास्थ्य संस्थामा नै सम्पर्क गरिन् ।

त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड (भिडियो एक्स रे) गर्न सल्लाह दिए ।

साेहीअनुसार चक्रघट्टीमा नै अल्ट्रासाउन्ड गरेपछि थाहा भयाे, उनको गर्भ अण्डासयमा बसेकाे (इक्टापिक प्रिग्नेन्सी) रहेछ ।

उनलाई तुरुन्तै चक्रघट्टीबाट सुविधासम्पन्न अस्पतालमा ‘रिफर’ गरिएको भए पनि पैसा र अन्य बन्दाेबस्ती गर्दा ढिला हुन पुग्यो ।

इक्टापिक फुटेकाले मोरङ सहकारी अस्पताल आइपुग्दा उनकाे अवस्था गम्भीर भइसकेको थियाे ।

उनलाई बचाउन तुरुन्त शल्यक्रिया गरेर गर्भका कारण फुटेको अण्डासय हटाएर त्यहीँबाट बगेको रगत राेक्नुपर्ने थियाे ।

रगत धेरै खेर गएर नै अवस्था गम्भीर भएकी समीक्षालाई शल्यक्रिया गर्नु र रगत दिनु आवश्यक थियाे ।

तर त्यो रात विराटनगरका ब्लड बैङ्कमा उनकाे समूह (ए पाेजेटिभ) काे रगत रित्तिएको रहेछ ।

रातकाे १०:३० बजिसकेकाे थियाे ।

रगत कहाँबाट ल्याउने ? रगत हातमा नआई शल्यक्रिया कसरी गर्नु ? शल्यक्रिया नगरी समीक्षालाई जाेगाउन करिब-करिब मुस्किल बनिसकेको थियो ।

त्यसबेला मसँग मात्र दुईवटा विकल्प थिए ।

एउटा रगत नभएकाले शल्यक्रिया गर्न सकिँदै र अन्य अस्पताल लानु भनेर रिफर गर्नु ।

अनि, अर्को रगत खाेजेर भए पनि तुरुन्तै शल्यक्रिया गर्नु । पहिलो विकल्प सजिलो थियाे ।

तर अस्पतालहरूतिर भाैतारिँदा बिमारीकाे मृत्यु हुने सम्भावना प्रबल थियाे ।

तर, यति राति बिरामी कहाँ जाओस् ! जहाँ गए पनि रगत नपाएमा मृत्यु निश्चित हुन्छ ।

फेरि, राति रगत कहाँ खाेजाेस् ?

उहीँ समूहको मान्छे पनि रातिको समयमा पाउन र ल्याउन गाह्रो कुरा हुँदाहुँदै आफैंले रगत खाेज्ने प्रयत्न गरेँ ।

लकडाउनको बेला, रातको समय नभनी साथी आनन्दले रगत दिए ।

उनको सहयोगले समीक्षाले पुनर्जीवन मात्र पाइनन्, उनका चार बच्चा अनाथ हुनबाट जोगिए ।

गर्भपतन र सुरक्षित गर्भपतनबीचको फरक नजान्दा समीक्षाले मृत्युको मुखसम्म पुग्नुपर्‍यो ।

सूचीकृत संस्था र तालिमप्राप्त चिकित्सकबाट गर्भपतन गराएको भए उनले त्यतिबिघ्न चर्को स्वास्थ्य समस्या भोग्नु पर्थेन र उपचार खर्चको बाढी बगाउन पनि पर्थेन ।

यसैले त हामी सबै गर्भपतनका विषयमा जानकार हुन जरूरी छ ।

नेपालमा पछिल्लो समय यौन तथा प्रजनन शिक्षाबाट शिक्षित जनसङ्ख्या उकालो लाग्दो छ ।

सरकारले महिला स्वास्थ्य सेवालाई घरआँगनमै पुर्‍याउनेगरी गाउँ-सहर सबैतिर स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका खटाएको छ ।

तर, लाज-धकले हामी यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खासै चासो राख्दैनौं ।

यसैले होला, आज पनि अधिकांश मानिसहरू गर्भधारण, अनिच्छित गर्भ, सुरक्षित गर्भपतनलगायत विषयमा पूर्ण रूपमा जानकार छैनन् ।

अझ, गर्भपतनका विषयमा त अधिकांश मानिसमा भ्रम छ ।

अशिक्षित मात्र होइन, शिक्षित वर्गमा पनि गर्भपतनबारे यथेष्ट जानकारी छैन ।

सुरक्षित गर्भपतनको मेडिसिनका बारेमा वा सेवन गर्ने तरिकाका विषयमा कतिपय अनभिज्ञ छन् ।

यस्तोमा अनिच्छित गर्भ कुनै पनि महिलाका लागि मानसिक तनावको सबैभन्दा ठुलो कारण बन्छ ।

आजभोलिका युवापुस्ता आफ्नो करिअर र भविष्यको हिसाबबाट सुनियोजित भई जीवन जिउन रुचाउँछ ।

यसैले अनिच्छित गर्भ उनीहरूका लागि निराशाका कारण बन्न सक्छ ।

नेपालमा हुने अनुमानित वार्षिक १२ लाख गर्भाधारणमध्ये करिब तीन लाख ५९ हजारले अनिच्छित गर्भाधारण गर्ने गरेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले सार्वजनिक गरेको ‘स्टेट अफ वर्ल्ड पपुलेसन २०२२’ प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा अधिकांश अनिच्छित गर्भाधारण परिवार नियोजनका आधुनिक सामग्रीको पूरा हुन नसकेको मागको परिणाम हो ।

जसका कारण गर्भधारण गर्न नचाहने लगभग ४४ प्रतिशत प्रजनन उमेरका महिलाहरूले परिवार नियोजनका आधुनिक विधि प्रयोग नगर्ने गरेको सो प्रतिवेदनको ठहर छ ।

सन्तान जन्माएर अभिभावक बन्नु एक दम्पतीका लागि खुसीको कुरा हो ।

तर, विविध कारणहरूले गर्दा अनिच्छित रूपमा गर्भ रहन जान्छ, जुन कसैको पनि चाहना नहुन सक्छ ।

अनिच्छित गर्भपतनले आमा-बुबा बन्ने सौभाग्यको कुरालाई पनि दुःखमा परिणत गर्न सक्छ ।

कुनै पनि प्रकारका गर्भनिरोधक सामग्रीको प्रयोग नगर्नु, परिवार नियोजनका साधनहरूको सही प्रयोग नगर्नु लगायत अनिच्छित गर्भका कारणहरू थुप्रै हुन सक्छन् ।

पारिवारिक आर्थिक अवस्था राम्रो नहुँदा, भ्रूणको विकास पूर्ण रूपले नभएमा र बच्चा जन्मिँदा आमाको स्वास्थ्यमा खतरा हुने अवस्था आएमा सुरक्षित गर्भपतन सेवा रोज्न सकिन्छ ।

के हो त सुरक्षित गर्भपतन ?

सुरक्षित गर्भपतन भनेको गर्भवतीको स्वीकृतिमा कानुनले मान्यता दिएअनुसार तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतन हो ।

नेपालमा १० असोज २०५९ मा गर्भपतनले कानुनी मान्यता पाएको थियो ।

त्यसअघि भने गर्भपतन गराउनेलाई अपराध ठहर गरेर कारागार चलान गरिन्थ्यो र कारागारमा रहेका कैदीबन्दीमध्ये २० प्रतिशत महिलाहरू गर्भपतन कसुरका थिए ।

यस कसुरमा जेल पर्ने महिलाको तुलनामा पुरुषको सङ्ख्या तीन प्रतिशतले कम हुन्थ्यो ।

गर्भपतनलाई कानुनले मान्यता दिएको दुई वर्षपछि नेपालमा सुरक्षित गर्भपतन सेवा सुरु भएको हो ।

हाल मुलुकका ७७ वटै जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।

सार्वजनिक स्वास्थ्य संस्थामा निःशुल्क र सूचीकृत निजी स्वास्थ्य संस्थामा सर्वसुलभ रूपमा गर्भपतन सेवा लिन पाइन्छ ।

दुवैथरी स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको अभिलेख गोप्य हुने भएकाले गोपनीयता भङ्ग हुन्छ भन्ने धक सेवाग्राहीले मान्नु पर्दैन ।

कानुनले गर्भवतीको मञ्जुरीमा १२ सातासम्मको गर्भपतनलाई छुट दिएको छ ।

तर, त्यससम्बन्धी आवश्यक ज्ञान र कानुनी प्रावधानबारे जानकारी नहुँदा अबेर भइसकेपछि मात्र महिला स्वास्थ्य संस्था पुग्ने गरेका छन्, जसकारण अवैध रूपमा गर्भपतन गराउँदा ज्यानको खतरा र कानुनको बर्खिलाप मात्र नभई अनावश्यक रूपमा महँगो सेवा लिर्नुपर्ने बाध्यता छ ।

गर्भपतन भन्नेबित्तिकै धेरैले डर, त्रास, घृणा, खतरा, लाज, पाप, हत्या, अपराध आदिसँग जोडेर हेर्छन् ।

अनिच्छित रूपमा बसेको गर्भ पतन गर्न खोज्दा विभिन्न लाञ्छना लगाइन्छ, चरित्रसँग जोडेर हेरिन्छ ।

जसकारण, गर्भवतीले आफ्ना समस्या लुकाउँछन्, गोप्य रूपमा असुरक्षित गर्भपतन सेवा रोज्छन् ।

जसले गर्दा उनीहरू दीर्घकालीन रोगको सिकार हुन्छन्, ज्यान गुमाउन सक्छन्, आत्महत्यासम्मको बाटो रोज्न सक्छन् ।

साथै, अनिच्छित गर्भको बाध्यतालाई सुरक्षित उपाय दिन नसक्दा उनीहरू शिक्षा, रोजगारी र सामाजिक अवसरहरूबाट बञ्चित हुन सक्छन् ।

सुरक्षित गर्भपतन गर्नु पाप होइन, बरु बुद्धिमानीको सूचक हो भन्ने कुरा बुझ्नु जरुरी छ ।

सामाजिक-सांस्कृतिक व्यवधानका कारण ढिलाइ हुँदा कानुनले तोकेको गर्भपतन गराउने समयावधि गुज्रिन्छ र उनीहरू लुकेर असुरक्षित गर्भपतन गराउने ठाउँमा पुग्छन् ।

असुरक्षित गर्भपतनले पाठेघरमा घाउ लाग्ने, फुट्ने तथा यौनाङ्गहरू नै बिग्रिने हुनसक्छ ।

यसले गर्दा तत्कालै महिलाको ज्यान जान सक्ने वा दीर्घकालीन रूपमा बाँझोपन हुन सक्ने सम्भावना रहन्छ ।

अमानवीय र असुरक्षित गर्भपतनको रोकथाम गर्न, जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको गर्भको समस्या निराकरण गर्न तथा महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न पनि सुरक्षित गर्भपतन आवश्यक छ ।

हामीले गर्भपतनको कुरा किन गर्न जरुरी छ भने असुरक्षित गर्भपतन अझै पनि कायमै छ ।

पहिलेपहिले असुरक्षित गर्भपतन गरेकै कारण ‘इन्फेक्सन’ बाट मातृमृत्यु हुन्थ्यो, अहिले औषधिभन्दा पनि ‘ब्लिडिङ’ कै कारण मृत्यु हुने गरेको छ ।

अवाञ्छित गर्भ लिएर जहाँ-जे पायो त्यही औषधि सेवन गर्छन् र अत्यधिक रक्तस्रावले शिथिल अवस्थामा स्वास्थ्यसंस्था आइपुग्छन् ।

अझ, कोही त अस्पताल पनि आइपुग्न पाउँदैनन्, घरमै ज्यान गुमाउँछन् ।

शिक्षित व्यक्ति सूचीकृत डाक्टरसमक्ष पुग्न झन्झट मान्छ, सरकारले निःशुल्क प्रदान गरेको औषधि खानेभन्दा पनि औषधि पसलमा जाने र सहजता खोज्न थाल्छ ।

औषधि पसलेले डाक्टरको ‘प्रेस्किप्सन’ खोजेमा पनि दबाब सिर्जना गर्ने परिपाटी हाबी छ ।

नेपालमा अहिलेसम्म कानुनी मान्यताभित्र रहेर तालिमप्राप्त स्वास्थ्यकर्मी र सूचीकृत स्वास्थ्य संस्थामा गर्भपतन गराएका कसैको पनि मृत्यु भएको छैन ।

बरु, असुरक्षित गर्भपतनका कारण गर्भवतीको मृत्यु भइरहेको तथ्याङ्क छ ।

गर्भपतनका विषयमा खुलेर कुरा नगर्नु, गर्भपतनका बारेमा राम्रो जानकारी कतै उपलब्ध नहुनु, गर्भपतन गर्दा समाजबाट बहिस्कृत भइन्छ भन्ने डरलगायत विषयले मानिसहरू लुकेर असुरक्षित ठाउँबाट गर्भपतन गराउँछन् ।

व्यक्ति वा दम्पत्तीले परिवार नियोजनका साधन प्रयोग गरेमा गर्भपतनको आवश्यकता पर्दैन ।

तर, परिवार नियोजनका साधनले गर्भ हुने सम्भावनालाई न्यून पारे पनि निर्मुल नै पार्न सक्छ भन्ने छैन ।

त्यसैले पनि सुरक्षित गर्भपतन सेवा जहाँ र जहिले पनि आवश्यक छ ।

सुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता हुने सम्भावना ज्यादै कम हुन्छ ।

(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहसँग शब्द एक्सप्रेसले गरेको कुराकानीका आधारमा)

प्रकाशित समय: शुक्रबार ५ माघ, २०८०, १३:४२:१२

सम्बन्धित खबर

स्वास्थ्यकर्मीको न्यूनतम तलब सुनिश्चित गर्न निजी अस्पताल–कलेजलाई मन्त्रालयको निर्देशन

शनिवार २१ चैत, २०८२
२ हप्ताअघि

दुर्गममा चिकित्सक अभाव अन्त्य गर्न सरकारको कडाइ, विशेषज्ञलाई दरबन्दीमै फर्काइयो

मङ्गलबार १७ चैत, २०८२
२ हप्ताअघि

विश्व क्षयरोग दिवस: विराट मेडिकलद्वारा प्रभातफेरी र सचेतना र्‍याली

मङ्गलबार १० चैत, २०८२
३ हप्ताअघि

नगर प्रमुख गच्छदारको पहल: दुहबीमा स्वास्थ्य सेवा सुधारबारे स्वास्थ्य विज्ञहरुसँग छलफल

आईतबार ८ चैत, २०८२
४ हप्ताअघि

फिनल्यान्ड नवौं पटक बन्यो सर्वाधिक खुशी हुने देश, नेपाल कति नम्बरमा ?

आईतबार ८ चैत, २०८२
४ हप्ताअघि

काठमाडौँमा २० हजार विद्यार्थीको आँखा जाँच, महानगर–नेपाल आँखा अस्पतालबीच सम्झौता

शुक्रबार ६ चैत, २०८२
४ हप्ताअघि
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०