इटहरीमा जलन अस्पताल बनाउन प्रदेश सरकारले डेढ करोड दिने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ पुस, २०८०
३ वर्षअघि

इटहरी । कोशी प्रदेश सरकारले जलन अस्पताल निर्माणको लागि जनस्वास्थ्य सरोकार ट्रष्टलाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सुनसरीको इहटरी उपमहानगरपालिका–११ पकलीमा बन्न आँटेको जलन अस्पतालका लागि प्रदेश सरकारले डेड करोड रुपैयाँ उपलब्ध गराउने भएको हो ।

बुधबार मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा.गौरी प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ट्रष्टले पकलीमा सात वर्षअघि किनेको दुई बिघा १० कठ्ठा जग्गामा ५० शय्याको जलन र ५० शय्याको सामान्य गरी १०० शय्याको अस्पताल निर्माण गर्न लागेको छ ।

सो अस्पताल ४० करोड लागतमा निर्माण हुने ट्रष्टले जनाएको छ ।

प्रदेश सरकारले बजेटमार्फत निजी क्षेत्रसँगको सहकार्यमा जलन अस्पताल बनाउने भनेर गरेको घोषणाअनुसार ट्रष्टलाई रकम दिने सम्झौता भएको हो ।

सो सम्झौताअनुसार तीन मिहनाभित्र अस्पताल निर्माण सुरु गर्न एक करोड ५० लाख रुपैयाँ प्रदान गरिनेछ ।

आवश्यक थप बजेट पनि उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा परी घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया थालेको बताए ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताए ।

प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोगबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने तथा जलनसम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

प्रकाशित समय: बुधबार २५ पुस, २०८०, १८:५९:१३

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०