मासिँदै कोसी प्रदेशको कोभिड अस्पताल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ पुस, २०८०
२ वर्षअघि

विराटनगर । कोसी प्रदेशको तत्कालीन सरकारले विराटनगर–१० मलाया रोडस्थित नेसनल ट्रेडिङको रिक्त संरचनामा २०७७ चैत्र २१ गतेदेखि कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो ।

कोसी प्रदेश सरकारले सात वटा प्रदेशमा पहिलोपटक कोभिड अस्पताल निर्माण गरी उपचार सुरु गरेको थियो ।

त्यतिबेला १० वटा भेन्टिलेटरसहित ५० शय्याको कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा आएको थियो ।

प्रदेशको राजधानी विराटनगरमा अर्बौं रुपैयाँको लगानीमा बनेको सो कोभिड उपचार केन्द्र अहिले प्रयोगविहीन बनेको छ ।

कोरोनाका बिरामीहरू आउन छोडेपछि त्यसलाई संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको थियो ।

२०७९ असोज ५ गतेदेखि सरकारले उक्त अस्पताललाई संक्रामक रोग तथा सघन केन्द्र बनाएर ओपिडीसमेत सञ्चालनमा ल्याएको थियो ।

तर, वैकल्पिक रूपमा प्रयोग नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको अस्पताललाई अब हृयदरोग केन्द्र बनाइँदै छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले सो अस्पताललाई हृदयरोग केन्द्रमा रूपान्तरण गर्ने योजना अगाडि सारिएको जनाएको छ ।

मन्त्रालयकी सचिव सुधा देवकोटाले संरचना प्रयोगविहीन बनेपछि त्यसलाई हृदयरोग केन्द्र बनाउने तयारी थालेको जानकारी दिइन् ।

प्रदेश सरकारले अस्पताल भवन निर्माण र स्वास्थ्य उपकरण खरिद गरी दुई अर्बभन्दा बढी खर्चिएर उक्त अस्पताल बनाएको थियो ।

तर, पछिल्लो समय बिरामी नै आउन छोडेपछि अस्पताल प्रयोगविहीन बनेपछि त्यहाँ कार्यरत जनशक्ति पनि फुर्सदिला बनेका छन् ।

सघन उपचार केन्द्रको १८ भेन्टिलेटरसहित २१ शय्याको आइसियु र ४७ वटा एचडियु प्रयोगविहीन बनेका छन् ।

संरक्षण नहुँदा अस्पतालका उपकरण संरक्षण काम नलाग्ने अवस्थामा पुगेका छन् ।

प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्चेर कोभिड अस्पताल निर्माण गरेको थियो ।

स्विस सरकारको चार करोड रुपैयाँ सहयोगमा सहरी विकास तथा भवन निर्माण इकाईले अस्पतालमा थप संरचना निर्माण गरेको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोभिड–१९ उपचार केन्द्रलाई प्रादेशिक सरुवा अस्पतालको रूपमा स्तरोन्नति गर्ने घोषणा गर्दै भौतिक पूर्वाधार विकास र स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले उपचारका लागि किनिएका भेन्टिलेटर, आइसियु बेडलगायत स्वास्थ्य उपकरण हाल प्रयोगमा ल्याउन नसकिएको सुनाए ।

स्वास्थ्य मन्त्रालयले बेलैमा यो अस्पताललाई वैकल्पिकरूपमा प्रयोगमा ल्याउन नसके नागरिकस्तर र दातृ निकायको सहयोगमा लाखौं खर्च गरेर किनिएका स्वास्थ्य उपकरण बिग्रने निश्चित छ ।

प्रकाशित समय: आईतबार २२ पुस, २०८०, ०९:४७:५६

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०