एजेन्सी । अमेरिकन क्लब इन्टर मियामीले उरुग्वेका फरवार्ड लुइस सुआरेजलाई अनुबन्ध गरेको छ ।
डेभिड बेकह्यामको क्लब मियामीले शुक्रबार उरुग्वेका ३६ वर्षीय सुआरेजलाई अनुबन्ध गरेको जनाएको हो ।
यससँगै सुआरेजले पूर्वसहकर्मी लियोनल मेस्सीसँग एकसाथ खेल्ने भएका छन् ।
मेस्सी र सुआरेजले स्पेनिस क्लब बार्सिलोनामा एकसाथ खेलेका थिए ।