ओस्कर विजेता अभिनेताहरू स्वस्थ र लामो जीवन बाँच्छन्ः अध्ययन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३१ जेठ, २०७९
२ वर्षअघि

हलिउडका प्रतिष्ठित ओस्कर विजेता अभिनेताहरू स्वस्थ र लामो जीवन बाच्ने अध्ययनले देखाएको छ ।

क्यानडाको टोरन्टो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा ओस्कर जित्ने अभिनेता औसत ८१.३ वर्ष बाँच्ने दाबी गरेका छन् भने ओस्कारमा हार्नेहरू ७६.४ वर्ष मात्र बाँच्छन् ।

अध्ययना लागि वैज्ञानिकहरूले एउटा मोडेल तयार गरेका थिए । जसमा सन् १९२९ देखि २०२० सम्मको ओस्कार अवार्डका लागि मनोनयन नगरिएका दुई हजार एक सय ११ कलाकारलाई समावेश गरिएको थियो । जसमध्ये १ जुलाई २०२० सम्म एक हजार एक सय २२ कलाकारको मृत्यु भएको थियो ।

अन्वेषकहरूका अनुसार जीवित रहेका ओस्कर विजेता कलाकार औसतमा ८१.३ वर्षको उमेरसम्म बाँच्नेछन् । तर उनीहरूसँग मनोनयन नगरिएका कलाकारहरू औसत ७६.२ वर्षको लागि मृत्यु हुनेछ । साथै, अवार्डको लागि मनोनीत भएका तर, जित्न नसक्ने कलाकार औसत ७६.४ वर्ष मात्र बाँच्नेछन् ।

वैज्ञानिकहरूका अनुसार कडा परिश्रम गरेर पुरस्कार जित्दा ओस्कार जितेका अभिनेताहरूको व्यवहार, मनोवैज्ञानिक र अन्य स्वास्थ्य कारकहरूमा सकारात्मक प्रभाव पर्छ । जसकारण उनीहरू स्वस्थ र दीर्घायु जीवन बिताउने अध्ययनले देखाएको छ । कम उमेरमा धेरै ओस्कार अवार्ड जितेका कारण आज कलाकारहरुको आयु बढेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

ओस्कार विजेता कलाकारहरू किन लामो समय बाँच्छन् भन्ने विषयमा वर्षौंदेखि बहस भइरहेको छ । यस विषयमा पहिला पनि २००५ मा अनुसन्धान भएको थियो । त्यतिबेला पनि वैज्ञानिकहरूले ओस्कार विजेता अवार्ड नजित्ने कलाकार भन्दा पाँच वर्ष बढी बाँच्ने गरेको पाइएको थियो ।

प्रकाशित समय: मङ्गलबार ३१ जेठ, २०७९, १९:५१:४७
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०