नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३७ हजार मानिसको अकालमा मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ चैत, २०७८
४ वर्षअघि
वायु प्रदूषण

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३७ हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार जनाको अकालमै मृत्यु हुने गरेको छ ।

सरकारले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउँदै आएको छ ।

यस वर्ष सरकारले नेपालमा वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ २४ चैतमा विश्व स्वास्थ्य दिवस मनाउँदै छ ।

तर नेपालमा नेपालमा बर्सेनि वयु प्रदूषणबाट ३७ हजार र सूर्तिजन्य रोगका कारण २७ हजार जनाको अकालमै मृत्यु हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल जलवायू परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको र देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरू (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोगले मृत्यु र रोगलाई बढावा दिने गरेको मन्त्रालयको भनाइ छ ।

प्रत्येक वर्ष हामीले रोक्न सकिने वातावरणीय असरका कारण संसारभर १३ लाख भन्दा बढी मानिसको मृत्यु हुने तथ्यांक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसको मृत्यु वातावरणीय प्रभावका कारणले हुने गरेको हो ।

विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा विश्वमा हरेक वर्ष १० मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्ने र ७० लाख मानिसको ज्यान प्रदूषित हावामा श्वास फेर्नाले जाने गरेको उल्लेख छ ।
त्यस्तै विश्वमा दुई अर्ब मानिसले मात्र सुरक्षित पिउने पानी गरेकोमा साढे तीन अर्ब भन्दा बढि मानिस सुरक्षित सरसफाईको अभावमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाईको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार नागरिकको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

मन्त्रालयले जलवायू परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न पहलहरु भइरहेको जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ ।

सरकारले हालै सन् २०२१ मा ग्लास्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायू परिवर्तन सम्मेलनमा जलवायू परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायू उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिवद्धता जनाएको थियो ।

 

प्रकाशित समय: बिहिबार २४ चैत, २०७८, ११:४५:३७

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०