त्रिदेशीय टी–२० : नेपालले पीएनजीलाई दियो दुई सय चार रनको विजयी लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ चैत, २०७८
४ वर्षअघि
त्रिदेशीय टी–२०

दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपछि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगीनी (पीएनजी)लाई दुई सय चार रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय तीन रन बनाएको हो ।

नेपालका लागि ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हाने ।

रोहित पौडेलले ४१ रन बनाए ।

रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाए ।

अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गरेका हुन् ।

अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट भए ।

बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिए ।

नेपाल यस खेलमा पीएनजीलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने योजनामा छ ।

पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

यसअघि लगातार दुई खेल जितेको नेपाल चार अंक सहित शीर्षस्थानमा छ ।

आज पीएजीलाई हराएमा नेपाल ६ अंक जोड्दै फाइनलमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

लगातार दुई खेल हारेको पीएनजीले खाता खोल्न सकेको छैन ।

मलेसिया दुई अंक सहित दोस्रो स्थानमा छ ।

तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।

नेपालले लिग चरणको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

 त्रिकाेणात्मक टी२०आई सिरिज अन्तर्गत नेपाल र पिएनजी दाेस्राे पटक भिड्दै

प्रकाशित समय: बिहिबार १७ चैत, २०७८, १४:१९:०४
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०