त्रिकाेणात्मक टी२०आई सिरिज अन्तर्गत नेपाल र पिएनजी दाेस्राे पटक भिड्दै

सिरिज अन्तर्गत नेपाल र पिएनजी २८ मार्चमा पहिलाे पटक आमनेसामने भएका थिए ।

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ चैत, २०७८
४ वर्षअघि
टी२०आई

त्रिकाेणात्मक टी२०आई सिरिज अन्तर्गत घरेलु राष्ट्र नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो १२ः३० सुरू हुने खेलमा नेपाल सिरिजको तेस्रो जित दर्ता गर्दै फाइनल यात्रा सहज बनाउन चाहन्छ ।

यता पपुवा न्युगिनी (पिएनजी) भने सिरिजको पहिलो खेलमा भोगेको हारको बदला लिन चाहन्छ ।

सिरिजको चौथो खेलसम्म पिएनजी जितविहीन छ । मलेसिया, नेपाल र पिएनजी सम्मिलित त्रिदेशीय टी२०आई सिरिजमा पिएनजीले दुई खेल खेलिसकेको छ ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने सिरिजमा पिएनजीले घरेलु राष्ट्र नेपालसँग पहिलो र मलेसियासँग दोस्रो खेल खेलेको थियो ।

तर पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको पिएनजीले दोस्रो खेलमा मलेसियाविरुद्ध ८ रनको हार व्यहोरेको थियो ।

अङ्कविहीन बनेको पिएनजी नेपालविरुद्ध जित दर्ता गर्दे सिरिजमा आफ्नो लय समात्न चाहन्छ ।

यता युवा कप्तान सन्दिप लामिछानेको नेतृत्वमा पहिलो टी२०आई सिरिज खेलिरहेको नेपाल भने शतप्रतिशत जित दर्ता गर्दै घरेलु भूमिमा नै सिरिज उपाधि रक्षा गर्न चाहन्छ ।

सिरिज अन्तर्गत दुई खेल खेलिसकेको नेपाल चार अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको मलेसिया दुई अङ्कका साथ दोस्रो स्थानमा रहँदा नेपाल समान दुई खेल खेलेको पिएनजी अङ्कविहीन छ ।

सिरिज अन्तर्गत नेपाल र पिएनजी २८ मार्च (सोमबार)मा आमनेसामने भएका थिए ।

टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य गरेको पिएनजीविरुद्ध नेपालले पूरै २० ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय ८३ रनको लक्ष्य दिएको थियो ।

सो खेलमा नेपालका माथिल्लो क्रममा ब्याटरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४३, रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रनको योगदान दिएका थिए ।

पिएनजीका चाल्र्स अमिनी, अलेई नाओ र चाड सोपरले समान दुई-दुई विकेट लिँदै नेपाललाई सस्तैमा रोक्न प्रयास गरे पनि विफल भयो ।

मध्यम लक्ष्य पछ्याएको पिएनजीको सुरुवात भने खराब रह्यो ।

ओपनर टोनी उरालाई पाँच रनमै पेभिलियनमा पाएको पिएनजीका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका नोरमान भानुवाले सर्वाधिक ५२ रन बनाउँदै टोलीलाई जित नजिक पुर्याए पनि असफल रहे ।

पिएनजीका लागि सेसे बाउले ३०, चाल्र्स अमिनीले २२ र लेगा सियाका २१ रनको योगदान दिए पनि त्यो अपूरो रह्यो ।

आक्रमक ब्याटिङ गरेपनि नेपाल बलिङमा चुक्दा पिएनजीलाई सस्तैमा रोक्न सकेन । नेपालले प्रयोग गरेका चार मुख्य बलरमध्ये कप्तान सन्दिप लामिछानेको इकोनोमि मात्रै सबैभन्दा कम रह्यो ।

तीव्र गतिका बलरविरुद्ध निकै हाबी भएका पिएनजीका तीन ब्याटरलाई पेभिलियन फर्काएका लामिछानेले तीन विकेट लिए ।

स्पिनर लामिछाने बाहेक करन केसीले तीन, अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

सुधारिएको ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा बलिङमा पनि सुधार गर्न सके नतिजा सहजै आफ्नो पक्षमा पार्न सक्छ ।

तर अङ्कविहीन बन्दै तालिकाको अन्तिममा रहेको पिएनजी नेपाललाई कडा टक्कर दिने तयारीमा छ ।

दुई एकदिवसिय र ट्राई नेसन टी२०आई सिरिजका लागि नेपाल भ्रमणमा आएको पिएनजी त्यहीँ राष्ट्र हो जसले नेपालविरुद्धको एकदिवसिय सिरिज क्लिन स्विप गरेको थियो ।

प्रकाशित समय: बिहिबार १७ चैत, २०७८, १०:१९:५४
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०