अस्कर समारोहमै थप्पड : स्मिथले रकसँग मागे माफी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ चैत, २०७८
२ वर्षअघि
अस्कर समारोह

अभिनेता विल स्मिथले अस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हान्नु गलत भएको भन्दै माफी मागेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भने, “क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु ।

मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ ।”

अस्कर्स फिल्म एकेडेमीले स्मिथको व्यवहारको भत्र्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन् ।

हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता स्मिथले क्रिसको गालामा थप्पड हानेका थिए ।

यसक्रममा रकले अभिनेता विल स्मिथ र उनकी पत्नी जाडा पिन्केटलाई मजाक गरेर हसाउँदै थिए ।

रकले जाडालाई जीआई जेन भनी मजाक गरेका थिए ।

सन् १९९७ मा आएको फिल्म जिआई जेनमा मुख्य अभिनेत्री डेमी मूरको मुडुलो टाउको देखाइएको छ ।

रकले स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको शारीरिक अवस्थाका बारेमा मजाक गरेपछि स्मिथ रिसाएका थिए ।

जाडालाई एलोपेसिया नामक रोग लागेकाले कपाल खौरेर टाउको मुडुलो पारेकी छन् ।

उनले भनेका थिए, “आई लभ यु जाडा । म जिआई जेन–२ को प्रतीक्षामा छु ।”

जिआई जेन सन् १९९७ को हलिवुड फिल्म हो जसमा फिल्मकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन् ।

रकले पत्नीको मजाक उडाएपछि विल स्मिथ स्टेजमै पुगेका थिए ।

त्यहीँ उनले रकको गालामा थप्पड हाने ।

त्यतिले मात्र उनको रिस मरेन ।

फर्केर आफ्नो सिटमा आएपछि उनले ‘आफ्नो घिनलाग्दो मुखबाट मेरी पत्नीको नाम नलिई’ भन्दै रकलाई दुईपटक गाली गरे ।

यस्तो घटना भएपछि पुरस्कार समारोहमा आएका अतिथिहरू स्तब्ध बने ।

तर पछि रक र स्मिथबीच कुरा मिलेर रमाइलो गरेका थिए ।

घटनाको केही क्षणपछि अभिनेता स्मिथले किङ रिचर्ड नामक चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकोमा ओस्कर पुरस्कार जितेका थिए ।

“हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ,” स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ । “गत राति एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ ।

ममाथि हुने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडाको स्वास्थ्य अवस्थाप्रति गरिएको ठट्टा असह्य थियो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ ।”

स्मिथले आफ्नो व्यवहारले ‘सीमा नाघेको’ भन्दै रक, एकेडेमी र विलियम्सको परिवारसँग पनि माफी मागेका छन् ।एएफपी

प्रकाशित समय: बुधबार १६ चैत, २०७८, २२:०७:४०
खरबारीमा लगाएको आगोले जंगल भयो खरानी, पक्राउ परे पौडेल
सोमबार २४ ब‌ैशाख, २०८१
सदस्य सचिव बस्नेतलाई मुख्यमन्त्रीले सोधे स्पष्टीकरण
सोमबार २४ ब‌ैशाख, २०८१
ओलम्पियन पुनर्मिलनले नरिकालाई जुरायो अवसर
सोमबार २४ ब‌ैशाख, २०८१
सगरमाथा चढ्न जाने बाटो भत्कियो, आरोहण ठप्प
सोमबार २४ ब‌ैशाख, २०८१
जहाँ पाए ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरूले सम्मान, नयाँ खेलाडीलाई पनि मिल्यो हौसला !
आईतबार २३ ब‌ैशाख, २०८१
जीवन विकासले गर्‍यो कार्यालय सहयोगीसहितका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कृत
आईतबार २३ ब‌ैशाख, २०८१
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०