इटहरी गोल्डकप चैत १९ बाट

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
४ वर्षअघि
इटहरी गोल्डकप

१२औं संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै इटहरीमा राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत १९ गतेदेखि २६ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता २०७८ सञ्चालन हुने जानकारी दिए ।

आइतबार इटहरीस्थित त्रियुगा होटेलमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, झापा ११, मोरङ ११, राष्ट्रिय जागृति क्लब इटहरी ९ आयोजक, न्यूरोड टिम काठमाडौँ, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत गरी ८ वटा टिम सहभागी हुने राष्ट्रिय जागृति क्लबका अध्यक्ष वासुदेव श्रेष्ठले जानकारी दिए ।

कुल ५४ लाख १५ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिता अवधिभर प्रत्येक म्याचमा म्यान अफ् द म्याच छानिने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै उत्कृष्ट खेलाडीलाई यमाहा फ्यासिनोको स्कुटर तथा उदयमान खेलाडीलाई ४० इन्चको एलइडी टिभी समेत प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितालाई कन्ट्रोल लुबरिकेन्टले मुख्य प्रायोजन गरेको छ ।

इटहरी नगरपालिकाले प्रतियोगिताको संयोजन गरेको हो ।

यसअघि २०७५ माघ १२ देखि १९ गतेसम्म इटहरी रंगशालामा मदन भण्डारी इटहरी गोल्डकप संचालन भएको थियो ।

प्रतियोगितामा मनाङलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, २०:०५:०८
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०