पिएनजीविरूद्ध नेपालकाे साँघुराे हार

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ चैत, २०७८
४ वर्षअघि
पिएनजीविरूद्ध

युवा ब्याटर रोहित पौडेलले शतकीय पारी खेल्दै खेलमा पकड जमाए पनि नेपालले पाहुना टोली पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६ रनकाे हार बेहाेरेकाे छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले पूरै ५० ओभर खेलेर दुई सय ९२ रन जोडेको थियो ।

७३ रन बनाउँदा सुरुवाती चार प्रमुख ब्याटर गुमाएको नेपालका लागि रोहित पौडल र आरिफ शेखले शतकीय इनिङ खेल्दै खेल नेपालको पक्षमा ल्याएका थिए ।

पिएनजीका लागि सर्वाधिक ७७ रन चाल्र्स अमिनीले बनाए । चाल्र्सबाहेक कप्तान भालाले पनि ६० रनको अर्धिशतकीय इनिङ खेलेपछि पिएनजीले विशाल योगफल बनाउन सफल भयो ।

पिएनजीका नर्मन भानुआ र जेसन किला नटआउट रहे ।

नेपालका सर्वाधिक विकेट सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए ।

कामी र ऐरीबाहेक कप्तान सन्दिप लामिछाने र पवन सर्राफले एक–एक विकेट लिए ।

नेपालका लागि ओपनर अनिल शाह भानुवाको बलमा क्याच आउट भए । २१ बलको सामना गरेका भानुवाले एक चौकाको मद्दतमा ६ रनमात्रै बनाए ।

आठौं ओभरमा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेटका रुपमा देव खनाललाई शुन्य रनमा पेभिलियनमा पायो ।

खनाललाई क्रिज छाड्न पोकनाको बलिङमा हिरीले सहयोग गरे ।

४५ रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तेस्रो विकेटका रुपमा भरपर्दा ओपनर कुशल भुर्तेललाई ३२ रनमा गुमायो ।

दशौं ओभरमा भुर्तेललाई भानुवाले बोल्ड आउट गरे । २८ बलको सामना गरेका भुर्तेलले ६ चौकाको मद्दतमा ३२ रनको योगदान गर्दै पेभिलियन फर्किए ।

लगातार तीन प्रमुख ब्याटर गुमाएर धराप बनेको नेपालको इनिङ दिपेन्द्रसिंह ऐरी र रोहित पौडलले सम्हाल्ने प्रयास गरे पनि पिएनजीका बलर बाधक बने ।

नेपालको चौथो विकेटका रुपमा ऐरी अमिनीको बलमा १५ रन बनाएर किलामार्फत क्याच आउट भए ।

क्रिज छाड्नअघि १७ बलको सामना गरेका ऐरीले तीन चौकाको मद्दतमा १५ रन बनाए ।

तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले एक सय २६ रनको सानदार शतकीय इनिङ खेलेपछि नेपालले जवाफी इनिङमा नियन्त्रण लिएको थियो ।

पौडेलबाहेक उनीसँगै क्रिजमा रहेका आरिफ शेखले पनि ३४ रन दिएर पौडेललाई साथ दिएका थिए ।

तर त्यसपछिका भीम सार्की र पवन सर्राफले भने क्रिजमा खासै समय बिताउन सकेनन् ।

१८ बलमा १७ रन बनाएका सार्कीलाई अमिनीले क्याच आउट गराउँदा सर्राफ भालाको बलमा सियाकाबाट क्याच भए ।

त्यसपछि क्रिजमा रहेका सोमपाल कामी र कमलसिंह ऐरीको जोडीले नेपाललाई लक्ष्यमा पुर्याउने प्रयास गरे पनि त्याे असफल रह्याे ।

दुई एकदिवसिय र त्रिकोणत्मक टी२० खेल्न नेपाल भ्रमणमा रहेको पिएनजीले नेपालविरुद्धको दोस्रो एकदिवसिय खेल भोलि (शनिबार) कीर्तिपुर क्रिकेट रङ्गशालामा खेल्नेछ ।

नेपाल, पिएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी२०आई सिरिज भने २८ मार्चबाट सुरू हुनेछ ।

टी२०आईको पहिलो खेलमा पनि नेपाल र पिएनजीनै सामना हुँदैछन् । २८ मार्चबाट सुरू हुने टी२०आई अप्रिल १ मा सम्पन्न हुनेछ ।

प्रकाशित समय: शुक्रबार ११ चैत, २०७८, १७:१४:४९
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
नेपालको एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति सन् २०३० सम्म स्थगित
शुक्रबार ८ जेठ, २०८३
राष्ट्रिय सभाकाे बैठक स्थगित
शुक्रबार ८ जेठ, २०८३
देशभर नयाँ सवारी साधनको दर्ता रोक्का
शुक्रबार ८ जेठ, २०८३
कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले बैठक जारी
शुक्रबार ८ जेठ, २०८३
नियमित दौडका क्रममा सशस्त्र प्रहरीका सात जवान बेहोस
शुक्रबार ८ जेठ, २०८३
जेठ १४ गते देशभर सार्वजनिक बिदा
शुक्रबार ८ जेठ, २०८३
बालेनको मौनताले उठाएका प्रश्न
शुक्रबार ८ जेठ, २०८३
रवि लामिछानेले प्रदेश सांसदहरूसँग चरणबद्ध छलफल सुरु गर्दै, पार्टी सुदृढीकरणमा जोड
शुक्रबार ८ जेठ, २०८३
सुदूरपश्चिममा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०