मःम खानु स्वास्थ्यको लागि हानिकारक

घरमै बनाउनुस् मःम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ चैत, २०७८
४ वर्षअघि
मःम

अधिकांश नेपालीको मनपर्ने खाजा मध्ये मःम एक हो ।

मिठो भएकोले बच्चा, युवा तथा वृद्ध उमेरका सबले मःम खान रुचाउने गरेको पाइन्छ । रेष्टुरेन्टको मेनुमा जतिसुकै आँखा लगाएपनि नेपालीले मगाउने भनेको मःम नै हो ।

होटल, रेस्टुरेन्टमा सजिलै पाइने, बनाउन पनि सजिलो हुने हुदा धेरैले दिउसो खाइने खाजाको रुपमा मःम नै खाने गर्छन् । अहिले बजारमा बफ, चिकेन, मटन, भेज, फिस, पनीरलगायतका धेरै स्वादमा पाइने मःम पाइन्छ । यी मःमको परिकार फरक–फरक हुन्छन् ।

घरमा पनि मानिसहरूले मःम बनाएर खान थालेका छन् । दैनिक रुपमा वा निरन्तर मःम धेरै खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

मःम बनाउनका लागि गहुँको परिस्कृत आँटा मैदाको प्रयोग गरिन्छ । मैदामा फाइबर हुँदैन । मैदामा एज़ोडी-कार्बोना माइड, बेन्जोइल परअक्साइड हुन्छ ।

साथै, मैदाको पिठोलाई नरम बनाउनका लागी एलोक्सान राखिएको हुन्छ जुन स्वास्थ्यको लागि राम्रो मानिदैन । मःम मात्र नभएर मैदाबाट बनेका हरेक खानालाई नियमित सेवन गर्नु स्वास्थ्यका लागी हानिकारक हुन्छ ।

मैदाको अत्याधिक सेवनले शरीरमा सुगरको मात्रा बढ्छ र सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । मःमको अत्यधिक वा नियमित सेवनले मधुमेहको खतरा धेरै गुणा बढ्छ । यसले मोटोपनाको समस्या पनि बढाउँछ ।

साथै शरीरमा केमिकल रियाक्सन हुने हुदा मुटु सम्बन्धि रोग लाग्ने सम्भावना पनि बढ्ने गर्छ । मःमको अत्याधिक सेवनले पाचन प्रक्रियामा गडबड गराएर अपच, कब्जियत लगायत अन्य पेट सम्बन्धि समस्या उत्पन्न गराउँछ ।

होटेलमा बनाइने प्राय जसो मोमो भित्र प्रयोग गरिने तरकारी, मासु, बोसो तथा मसलाको गुणस्तर कस्तो हुन्छ भनेर थाहा हुदैन । यसबाहेक बजारमा सजिलै बनाउन सकिने भन्दै फ्रोजन मःम (मःम बनाएर फ्रिजमा राखिएको जसलाई खान अगाडी स्टिम वा उमालेर खान सकिन्छ) पनि पाइन थालेको छ ।

यो कहिले बनाएको भनेर नहेरी प्रयोग गरेमा वा कम गुणस्तरको सामान प्रयोग गरि बनाइएको मःमको सेवन गर्नाले पनि विभिन्न प्रकारको रोग निम्तिन सक्छ । त्यसैले मःम खान मनलागेमा सजिलै घरमा बनाएर मःम  खान सकिन्छ ।

घरमा बनाउने मःममा ताजा मासु वा तरकारीको प्रयोग गरि ठिक्क मसला राखेर बनाउन सकिन्छ । साथै, स्वास्थ्यका हिसाबले हेर्दा मःम बनाउनका लागि आँटाको प्रयोग फाइदाजनक हुन्छ ।

प्रकाशित समय: मङ्गलबार ८ चैत, २०७८, २१:२२:४१

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०