आरिफ र रोहितको अर्धशतकमा पिएनजीविरुद्ध नेपालको साँघुराे जित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ चैत, २०७८
५ वर्षअघि
साँघुराे

आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि साँघुराे जित हासिल गरेको छ ।

बुधबार युएईस्थित शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले पिएनजीमाथि २ विकेटको जित निकालेको हो ।

पिएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ८ विकेट खर्चिएर भेट्टायो ।

नेपाल १५ ओभरमा ४२–४ को स्थितिमा पुगेको समयमा रोहित र आरिफले पाँचौं विकेटमा १ सय २ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि १७ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक शतकीय साझेदारी सम्भव भएको हो ।

रोहित र आरिफ दुबैले अर्धशतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको चौथो र आरिफको पहिलो अर्धशतक हो ।

रोहितले ५८ र आरिफले ५३ रन बनाए । रोहितले ८२ बल खेली ४ र आरिफले ८६ बल खेली २ चौका प्रहार गरे । कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४, दीपेन्द्रसिंह ऐरी ८ र आसिफ शेख १६ रनमा आउट भई नेपाल सङ्कटमा परेको समयमा रोहित र आरिफले मजबुत साझेदारी गरेका थिए ।

यी दुई आउट भएपछि करण केसी र सोमपाल कामीले नेपाललाई जिताए । सोमपाल ७ बलमा ८ रन बनाई आउट भए । करण २५ बलमा २९ रन बनाई अविजित रहे ।

अन्तिम ओभरमा नेपाललाई विजयका लागि ५ रन चाहिएकाे थियाे । पहिलो बलमा लेग बाईमार्फत चौका बटुलेकाे नेपालकाे लागि दाेस्राे बलमा करणले लामाे छक्का प्रहार गर्दै नेपालकाे जित निश्चित गरे ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए ।

त्यस्तै, चाड सोपरले ३५ रन बनाउँदा टोनी उराले २७, लेगा साइकाले २५ तथा नोर्मन भानुआले २३ रन बनाए। त्यस्तै कप्तान असद भालाले १९ रन बनाए।

बलिङतर्फ नेपालका लागि सर्वाधिक विकेट सोमपाल कामीले लिए । कामीले ३ विकेट लिँदा आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए।

ज्ञानेन्द्र मल्लले एक दिवसीय क्रिकेटमा पहिलोपटक विकेट लिएका हुन् ।

अब, नेपालले अर्को खेल १८ मार्चमा यूएईसँग खेल्नेछ ।

२१ मार्चमा पुनः यूएईसँग खेल्ने नेपालले २२ मार्चमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ।

जितसँगै लिग २ को अङ्कतालिकामा नेपाल छैटाैं स्थानमा यथावत् रहेकाे छ ।

सबैभन्दा कम ९ खेल खेलेकाे नेपाल १० अङ्क जोडेर छैटौं स्थानमा रहँदा १४ खेल खेलिसकेकाे पपुवा न्युगिनी हालसम्म अंकविहीन रहँदै पुछारमा छ।

नेपाल र पिएनजीसम्मिलित सिरिजकाे अर्काे टाेली यूएई १५ खेलबाट १८ अङ्क जाेडेर तालिकाकाे दाेस्राे स्थानमा छ ।

प्रकाशित समय: बुधबार २ चैत, २०७८, १९:३३:४७

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०