ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
५ वर्षअघि
आवेदन

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन प्रणाली अनिश्चितकालसम्मका लागि बन्द भएको छ ।

यातायात व्यवस्था विभागले हिजो (फागुन ३० गते) सूचना जारी गर्दै आज (चैत १) बाट अर्को सूचना जारी नभएसम्म लागि नयाँ आवेदन लिन कार्य बन्द गरिएको बताएको छ ।

Advertisement

विभागका निर्देशक लोकनाथ भुसालका अनुसार हालसम्म परेका आवेदनहरुको कारवाही छिटो सक्न नयाँ आवदेन लिन बन्द गरिएको हो ।

‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले २०७८ चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको छ’ विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’

नयाँ लाइसेन्सका लागि आवेदन दिन कार्य नै स्थगित गरिँदा नयाँ चालकहरु थप मारमा परेका छन् ।

बल्लबल्ल खुल्ने प्रणालीमा अत्यधिक चाप हुँदा ‘सिस्टम डाउन’ भएर आवेदन भर्न नपाउने गुनासो आवेदकहरुले यसअघि गर्दै आएका थिए ।

कोरोना महामारीको कारण देखाउँदै २०७६ चैतमा पहिलोपटक विभागले नयाँ चालक अनुमतिपत्रको आवदेन लिने कार्य रोकेको थियो ।

‘भिजिट मिति’ प्रदान हुने गरी जति पनि फारम भर्न सकिने व्यवस्था विभागले ल्याएपछि आवेदकहरु उत्साहीत भएका थिए ।

तर कोरोना महामारीको दोस्रो लहरको समस्या देखाउँदै विभागले वैशाखमा आवेदन रोकेको थियो ।

त्यसयता गत कार्तिकबाट सुचारु गरिएको प्रणाली आजबाट फेरी स्थगित गरिएको छ ।

‘भिजिट मिति’ लिने गरी आवेदन भर्ने आवेदकहरुको सङ्ख्या अत्यधिक भएको र त्यसकाे व्यवस्थापनलाई प्राथमिकतामा राखिएकाे विभागले जनाएको छ ।

तर आवेदकको सङ्ख्या धेरै भएपनि विभाग र विभागको विभिन्न प्रदेशमा रहेका कार्यलयहरुले त्यसको उचित व्यवस्थापन हुने गरी काम भने गर्न सकिरहेका छैनन् ।

लाइसेन्स कार्यालयहरुले तोकिएको समयमै परीक्षा गर्न सकिरहेका छैनन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक

आईतबार २५ असोज, २०८३
६ दिनअघि

कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो

शुक्रबार २३ असोज, २०८३
१ हप्ताअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
३ हप्ताअघि

देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क

सोमबार १२ असोज, २०८३
३ हप्ताअघि

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
३ हप्ताअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
३ हप्ताअघि
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०