तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० असोज, २०८३
१ घण्टाअघि

विराटनगर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अत्यधिक हिमपातका कारण अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडक खण्ड तिन दिनभित्र सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको बताएका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत अवरुद्ध सडक खुलाउन मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा काम गरिरहेको जानकारी दिएका हुन्।

Advertisement

समुद्री सतहबाट करिब ४ हजार ५०० मिटरको उचाइमा रहेको यस सडक खण्डको नाउरपानी क्षेत्रमा बाक्लो हिउँ जमेका कारण यातायात अवरुद्ध छ। उक्त क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी हिउँ पन्छाउने काम धमाधम भइरहेको छ ।

रोजगारीका लागि हिल्सा नाका हुँदै उत्तरतर्फ चीनको ताक्लाकोट पुगेका नेपाली नागरिकहरूलाई चाडपर्वको समयमा स्वदेश तथा घर फर्कन सहज होस् भन्ने उद्देश्यले सडक खुलाउने कामलाई उच्च प्राथमिकता दिइएको उनले उल्लेख गरे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०