विराटनगर । दसैँका समयमा आवश्यक वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुल्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गर्दै अक्टोबर १८ देखि २० सम्म नाका सञ्चालन गर्ने निर्णय गरेको हो।
उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ। नाका सञ्चालनमा आएसँगै चाडपर्वका बेला आपूर्ति व्यवस्थापन तथा नेपाल–चीन व्यापार सहजीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।