व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० असोज, २०८३
२ घण्टाअघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेताको व्यक्तिगत आचरण र कमजोरीको जिम्मेवारी सिंगो पार्टीले लिन नहुने बताएका छन्। नेताको व्यक्तिगत जीवनमा कमजोरी देखिए त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने उनको भनाइ छ।

दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेस कुनै व्यक्तिको निजी कम्पनी नभई लाखौँ सदस्य, समर्थक र शुभेच्छुकको साझा संस्था भएको बताए।

Advertisement

आफ्नो व्यक्तिगत आचरणमा कमजोरी भए त्यसको जिम्मेवारी आफूले नै लिनुपर्ने उल्लेख गर्दै उनले त्यसको भार पार्टीमाथि थोपर्न नहुने धारणा राखे। नेतृत्वको बचाउ गर्नु भनेको नेताका सबै कमजोरीको समर्थन गर्नु नभई उसले निर्वाह गरेको जिम्मेवारी र कामको मूल्याङ्कन गर्नु भएको पनि उनले स्पष्ट पारे।

पार्टीभित्र रहेका कमजोरी सुधार गर्दै कांग्रेसलाई जनताको अपेक्षाअनुसार अघि बढाउने प्रयास गरिने थापाले बताए। कांग्रेसको १५औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगिरहेका बेला उनले आन्तरिक प्रतिस्पर्धामा पराजित भएका नेताहरूलाई पनि पार्टीमा समेटेर अघि बढाउने प्रतिबद्धता जनाए।

निर्वाचनमा जित हासिल गर्नेहरू मात्रै योग्य र पराजित हुनेहरू अयोग्य नहुने बताउँदै उनले आफूले काम गर्न चाहेका कतिपय योग्य नेतासमेत प्रतिस्पर्धामा छुटेको उल्लेख गरे। जित्ने र हार्ने दुवै पक्षलाई समेटेर पार्टीलाई अघि बढाउने उनको भनाइ छ।

थापाले यसपटकको महाधिवेशनमा कांग्रेसभित्र लामो समयदेखि प्रभावशाली रहेका दुई समूह वा गुटको प्रभाव कमजोर भएको पनि बताए। साथै, पार्टीको निर्वाचन प्रणालीमा सुधार गर्दै प्रविधिको प्रयोगमार्फत सबै सदस्यले सभापति चयन गर्न सक्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

पार्टीको काम गर्ने शैली र संगठन सञ्चालन गर्ने तरिका बदल्नुपर्नेमा जोड दिँदै थापाले नियमित संगठनात्मक काम पदाधिकारी र केन्द्रीय समितिका जिम्मेवार नेताहरूले अघि बढाउने बताए। आफू भने जनताका कुरा सुन्न र उनीहरूका समस्या बुझ्न देशभर पुग्ने योजनामा रहेको उनले जानकारी दिए।

पार्टीका नेताहरू आफ्नै बैठक र छलफलमा सीमित हुन नहुने भन्दै थापाले समाजमा पुगेर नागरिकका समस्या सुन्ने र समाधान खोज्ने कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०