सन्दीप लामिछाने एकदिवसीयमा पनि नेपालको कप्तान

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ फाल्गुण, २०७८
४ वर्षअघि
नेपालको कप्तान

लेग स्पीनर सन्दीप लामिछानेले राष्ट्रिय पुरुष क्रिकेट टिमको पनि कप्तानीको जिम्मेवारी पाउने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेलाई एकदीवसीय क्रिकेट टोलीको पनि कप्तान बनाउने भएको हो ।

Advertisement

सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको पनि कप्तानको जिम्मेवारी दिएको क्यानका कार्यवाहक सचिव प्रशन्त मल्लले जानकारी दिए ।

यसअघि उनले टी–२० राष्ट्रिय क्रिकेट टोलीमा कप्तानको जिम्मेवारी पाएका थिए ।

सन्दीपले यसअघि हालै ओमानमा सम्पन्न आइसिसी टी–२० विश्वकप ग्लोटबल छनोट खेलमा नेपालको कप्तानी गरेका थिए ।

उनको नेतृत्वमा नेपाल अपराजित रहँदै सेमिफाइनलसम्म पुगेको थियो ।

क्वालिफायरको समूह चरणको पहिलो खेलमा नेपालले ओमानविरुद्ध खेलेको थियो ।

पहिलो खेलमा ओमानलाई ७८ रनमै समेटेर ३९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनको विशाल अन्तरले हराएको थियो ।

फिलिपिन्सलाई ८२ रनमै समेटेको नेपाल समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

समूहको शीर्ष स्थानमा रहँदै समूह चरणका खेल सकेको नेपालले अन्तिम खेलमा क्यानडालाई ८० रनमै समेटेको थियो ।

तर सेमिफाइनलमा युएइसँग पराजित भएपछि नेपालको दोस्रो पटक टी२० विश्वकपमा छनोट हुने नेपालको सपना अधुरै भएको थियो ।

नेपालले पछिल्लो पटक २०१४ मा बङ्गलादेशमा सम्पन्न टी२० विश्वकपमा सहभागीता जनाएको थियो ।

त्यसता नेपालले विश्वकपमा स्थान बनाउन सकेको छैन ।

नेपालले सन्दीपको कप्तानीमा मार्च १६ देखि २२ तारिखसम्म युएईमा आयोजना हुने आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दै छ ।

सो सिरिजमा सन्दीपले नेपालको कप्तानी गर्ने भएका छन् ।

सिरजमा नेपालले पहिलो खेल मार्च १६ तारिख पपुवा न्युगिनी (पिएनजी), मार्च १८ मा युएई, मार्च २१ मा पुनः युएई र मार्च २२ मा पिएनजीसँग प्रतिस्पर्धा गर्ने छ ।

लिग–२ मा सात टोलीको सहभागी छन् ।

लिगमा आठ खेलबाट आठ अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ ।

अहिलेसम्म शीर्ष स्थानमा रहेको ओमानले २३ खेलबाट ३० अङ्क बनाएको छ ।

१२ खेल खेलेको स्कटल्यान्ड १६ अङ्कसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको अमेरिकाले १६ खेलबाट १४ अङ्क बनाएको छ ।

१० खेल खेलेको युएईको १२ अङ्क, नौ खेल खेलेको नामिबिया १० अङ्क छ ।

१२ खेल खेलेको पिएनजीले कुनै पनि जित निकाल्न सकेको छैन ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०